• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यो वर्ष विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७९, शुक्रबार १६:०७
  • २२५३

    वीरगंज । बाढी, पहिरोलगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको नेपालमा यो वर्ष २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विगत ११ वर्षको प्रकोपको अवस्था विश्लेषण गरेर उक्त अनुमान गरिएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेका सन्दर्भमा प्राधिकरणले प्रभावित जनसङ्ख्या अनुमान गरेको हो । “कुनकुन क्षेत्रमा बढी वर्षा हुने रहेछ, त्यसले कहाँकहाँ बढी प्रभावित बनायो ? बाढी पहिराबाट हुने मृत्युलगायत अन्य जोखिम के रहेछ, विगतको समग्र ट्रेण्ड विष्लेषण गरियो”, डा भट्टराईले भने, “सोही आधारमा जोखिम न्यूनीकरणका पूर्वतयारी तथा राहत, उद्धार तथा पुनःस्थापनका लागि समन्वयात्मकरुपमा प्रतिकार्य योजना तयार भएको छ ।”

    गत वर्ष (विसं २०७८) मा १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । विसं २०७८ मा बाढीबाट ६३ र पहिरोबाट १८२ सहित ४९० को मृत्यु भयो । बाढीबाट ३४ र पहिरोबाट ३३ सहित ७० जना बेपत्ता भए । प्रभावित जनसङ्ख्या अनुमान गरिएभन्दा बढी भयो । विसं २०७८ मा आंकलनअनुसार नेपालमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरिए पनि कात्तिकमा परेको बेमौसमी वर्षाले धानबालीसहित पुनःठूलो धनजनको क्षति पुर्याएको थियो । यो वर्ष पनि त्योक्रम दोहोरिने सम्भावना कायमै छ । मौसम विज्ञान विभागको तथ्याङ्कका आधारमा यसपाली प्रदेश–१ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशको सप्तरीमा बढी वर्षा हुने अनुमान रहेको डा. भट्टराईले जानकारी दिए । तराईका अन्य क्षेत्रमा सरदरको वर्षा हुनेछ । वाग्मती प्रदेशको सिन्धुपाल्चोक र रामेछापमा बढी वर्षा हुने तथा उपत्यकामा सरदर वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशको दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षा हुने तथा लुम्बिनी र कर्णाली प्रदेशमा बढी हुने देखिएको डा. भट्टराईले बताए । समग्रमा पश्चिम तराई धेरै प्रभावित हुने अनुमानसँगै त्यस क्षेत्रमा बाढी पहिरो र डुबानका बढी समस्या हुनसक्ने देखिएको छ । वर्षा हुने भनी अनुमान गरिएका जिल्लासहितका क्षेत्रमा आवश्यक पूर्वतयारी तथा प्रतिकार्य योजना बनिसकेका छन् ।

    मनसुन सुरु भइसकेको र कतिपय स्थानमा विपद्जन्य घटना देखिइसकेको छ, तर पनि केन्द्रीयस्तरको प्रतिकार्य योजना कार्यकारी समितिबाट अझै पारित भइसकेको छैन । प्राधिकरणका अनुसार केन्द्रीयस्तरबाट प्रतिकार्य योजना तयारी भएको र त्यसलाई कार्यकारी समितिबाट औपचारिकता दिन मात्रै बाँकी रहे पनि विषयगत निकायले आवश्यक योजना बनाएर लागु गरिसकेका छन् । जतिसुकै राम्रा योजना बने पनि कार्यान्वयन कस्तो छ भन्ने कुराले निर्धारण गर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ । मुलुकमा पूर्वतयारी, आवश्यक स्रोतसाधन र जनशक्ति तथा समन्वयको अभावले विपद्जन्य घटनाबाट मुलुकले ठूलो क्षति बेहोर्दै आएको छ । प्रभावमा आधारित विपद् व्यवस्थापन कार्य हुन सकिरहेको छैन ।

    प्राधिकरणले सम्भावित जोखिमको आकलनका बारेमा जानकारी गराएर काम अघि बढाएको डा. भट्टराई बताउँछनत् । विपदबारे मानिसमा बुझाइमा नै समस्या छ । राहत बाँड्ने मात्रै हो भन्ने बुझाइबाट माथि उठ्नुपर्ने आवश्यकता छ । विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटा विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायको प्रभावकारी समन्वय, आवश्यक प्रतिकार्य योजना, समयमै सूचना प्रवाह, स्थानीय समुदायमा भरपर्दो सूचना र जानकारी तथा आवश्यक पूर्वतयारीका सामग्री एवं राहत, उद्धार तथा पुनःस्थापनका लागि चाहिने बन्दोबस्तीका सामान बेलैमा जोहो गर्नुपर्ने आवश्यकता औँल्याउँछन् ।

    चुनौती कायमै

    नेपालमा जोखिम न्यूनीकरणमा गर्ने खास योजनको अभाव छ । प्राधिकरण बनेपछि भर्खरै मात्र नीतिगतरुपमा व्यवस्थापनको काम सुरु भएको जनाइन्छ । तर, पूर्वसूचना प्रणालीका काम चाहिनेजति प्रभावकारी हुन सकिरहेको छैन । मौसम विज्ञान विभागले तीन दिनको वर्षाको अवस्था जानकारी दिन सक्ने भएको छ । तर, अझै धेरै काम गर्न बाँकी छ ।

    प्रभावका आधारमा हुने जोखिम अनुमान गरी त्यहीअनुसारको संस्थागत संरचना निर्माणमा काम गर्न बाँकी नै रहेको डा. भट्टराई बताउँछन् । स्रोतसाधनको अभाव छ । उनले भइरहेका स्रोतसाधन र जनशक्तिको अधिकतम उपययोग गरेर काम गरिरहेको बताए । प्रतिकार्य गतिविधि कार्यान्वयन गर्न कार्य विभाजनको कमी, तालमेल र सञ्चार अभाव भएको तथा दोहोरोपना जस्ता चुनौती कायमै छ । विपद् प्रतिकार्यका लागि उद्धार र राहत सामग्री व्यवस्थितरुपले भण्डारण गर्न पनि जरुरी छ । आवश्यकमात्रामा भण्डारण हुन नसक्दा विपद् निम्तिएपछि मात्रै राहत सामग्री सङ्कलनको आह्वान गर्नुपर्ने अवस्था विडम्बना हो । तत्कालका लागि व्यवस्थापन गर्ने सुरक्षित स्थानकोसमेत अभाव छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पालिकाहरुको भूमिका नै महत्वपूर्ण हुने हुनाले पालिकाहरुलाई नै जिम्मेवार बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ठोस कदम चालेको पाइँदैन । स्थानीय तहमा स्थानीय मनसुन पूर्वतयारी योजना बनाइ प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

    मनसुन प्रणाली विस्तार हुँदै

    प्रदेश–१ मा यही जेठ २२ गते आगमन भएको यस वर्षको मनसुन प्रणाली बिहीबारदेखि मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा प्रवेश गरेको छ ।

    देशका बाँकी भू–भागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑