• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आइसिसी विश्वकप लिग-२ : नेपाल ओमानसँग १३ रनले पराजित

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७९, शुक्रबार १२:५५
  • २३०१

    वीरगंज । अमेरिकामा भइरहेको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ। अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर सकिन २ बल बाँकी रहँदा मात्र १ सय ९८ रन जोड्न सक्यो। ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ बलमा सबै विकेट गुमाउन पुगेको थियो। सुरुवाती राम्रो गर्न नसकेको नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले। देव खनालले ३४ तथा रोहितकुमार पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडेपनि नेपालको जितका लागि पर्याप्त भएन।

    त्यस्तै, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे। ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा पवेलियन फर्किँदा सुशन भारी शून्य रनमा अविजित रहे। बलिङतर्फ ओमानका जिसन मक्सुद र खवर अलिले ३-३ विकेट लिए। बिलाल खानको नाममा २ विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो। ओमानका लागि जिसन मक्सुदले अविजित रहँदै १ सय ४ रनको शतकीय इनिङ खेले। खवर अलिले ३० रन जोड्दा सोयब खानले २७ रन बनाए। सुरज कुमार १२ रनमा आउट भए। नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए । करण सोमपाल कामी र सन्दीप लामिछानेपछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी पनि बनेका छन्।

    यस्तै, सन्दीपले २ तथा सोमपालले १ विकेट निकाले। खेल सकिएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा कप्तान सन्दीप लामिछानेले ब्याटिङमा चुक्दा सामान्य लक्ष्य पनि भेट्टाउन नसकेको बताए। उनले आवश्यक बेलामा पार्टनरसीप र रनरेट निकाल्न नसक्नु पनि अर्को समस्या भएको बताए। उनले भने, ‘हामी ब्याटिङमा चुक्न पुग्यौँ। हामीले पार्टनरसीप राम्रो बनाइरहेको बेलामा विकेटहरू धमाधम गुमाउनु पर्‍याे। हामीलाई जुन बेलामा पार्टनरसीप र रनरेट चाहिएको थियो, उल्टो गरिरहेका थियौँ- त्यो बेलामा। हामीले धेरै बल डट पनि खायाैँ। त्यो हाम्रो कमजोरी हो।’ यस हारसँगै नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपालले दोस्रो खेलमा आयोजक अमेरिकाविरुद्ध शनिवार खेल्नेछ। नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑