• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काठमाडौ—तराई÷मधेस द्रुतमार्ग निर्माणमा ढिलाई हुँदा लागत खर्च बढ्दै

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७९, शुक्रबार ०७:२४
  • ३१८१

    बिरगंज । काठमाडौंलाई सिधै मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको राष्ट्रिय गौरवको आयोजना काठमाडौ—तराई÷मधेस द्रुतमार्ग निर्माणमा ढिलाई हुँदा लागत खर्च बढ्दै गएको छ ।

    २०७८ वैशाखभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने आयोजना ढिलाई हुँदा लागत खर्च बढेर दोब्बरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । आयोजना निर्माणका लागि १ खर्ब ७५ अर्ब लागत लाग्ने अनुमान गरिएकोमा हाल बढेर ३ खर्ब नाघ्ने जनाईएको छ । निर्माणजन्य साम्रगीको मूल्यवृद्धि, मुआब्जा विवाद, रुख कटान, कोभिड १९ का लगायतका कारण ४ वर्षको आयोजनाको अवधि बढेर ६ वर्ष पुगेको छ ।

    डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा देशभर एकैपटक २१ वटा राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको थियो । जसमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौ–तराई मधेस दु्रतमार्ग आयोजना पनि समावेश भयो । तत्कालीन अवस्थामा दु्रतमार्ग निर्माणको लागि अनुमानित लागत ७५ अर्ब रुपैयाँमात्रै लाग्ने जनाइएको थियो ।

    २०७४ सालमा द्रूतमार्गमा शिलान्यास हुँदा आयोजनाको अनुमानित लागत बढेर (डीपीआर अनुसार) १ खर्ब ७५ अर्ब पुग्यो । दु्रतमार्ग निर्माण सम्पन्न भईसक्दासम्म यो लागत खर्च बढेर ३ खर्ब नाघ्ने जनाइएको छ । ललितपुरको खोकनालाई जिरो पोइन्ट मानेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७४ जेठ १४ गते निजगढ पोइन्टको ७२ किलोमिटरमा दु्रतमार्गको शिलान्यास गरेका हुन् ।

    २०७५ सालमै ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको आयोजनाको हालसम्म ५० प्रतिशत पनि काम सम्पन्न नभएको आयोजना श्रोतले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दु्रतमार्ग निर्माणको काम समयमै सम्पन्न गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिने जनाएको छ ।

    ‘यो फास्ट ट्रयाक हो कि लेट ट्रयाक हो ?– अर्थमन्त्री जनार्दन शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं–तराई÷मधेस दु्रतमार्ग ‘फास्ट ट्रयाक’ नभएर ‘लेट ट्रयाक’ भएको टिप्पणी गरेका छन् । बुधबार (जेठ २१) वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सुरुमा (तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा) ७५ अर्बमा बनाउने भनिएको आयोजना समयमै सम्पन्न नहुँदा सरकारको लागत खर्च बढेर ३ सय अर्ब पुगेको टिप्पणी गरेका छन् ।

    फास्ट ट्रयाक निर्माणमा भएको ढिलाईको बारेमा मैले सम्बन्धित पक्षलाई अर्थ मन्त्रालयमा बोलाएरै यो फास्ट ट्रयाक हो कि ‘लेट ट्याक’ हो ? यसलाई समयमा सक्ने कि नसक्ने भनेर प्रतिवद्धता गराएको छु,’ अर्थमन्त्री शर्माले भने, ‘आयोजनाले समयमै काम सम्पन्न नगर्दा लागत खर्च बढेर ३ सय अर्बले नपुग्ने भइसक्यो, संघीय सांसदहरुले पनि किन ढिलाई भयो भनेर आयोजनाहरुको अनुगमन गर्नुप¥यो ।’

    दु्रतमार्ग आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भन्दै शर्माले फास्ट ट्रयाकमा आन्तरिक पर्यटकमात्रै नभएर विदेशी पर्यटकलाई समेत कुदाउने बताए । ‘फास्ट ट्रयाक ती राष्ट्रिय अन्तर्राष्ट्रिय यात्रुलाई पनि कुदाउन तयार गरिएको हो, सिङ्गो मधेसलाई काठमाडौसँग जोड्न बनाइएको हो,’ शर्माले भने ।

    सरकारले आर्थिक वर्ष २०७९/०८० को लागि आयोजना निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले जनाएका छन् ।

    द्रूतमार्ग निर्माणमा के के काम भयो ?

    तोकिएको समयभित्र द्रुतमार्ग सम्पन्न हुन नसक्ने भएपछि २०७७ असोज दोस्रो साता सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत पुनः ३ वर्षका लागि म्याद थपेको छ । थपिएको म्याद अनुसार ०८१ वैशाखभित्र सेनाले द्रुतमार्गको सम्पूर्ण काम सक्नुपर्नेछ ।

    विगतमा रुख कटान, ठेक्का प्रकिया, मुआब्जा विवाद र कोभिड—१९ का कारण गति लिन नसकेको द्रुतमार्ग निर्माणको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको आयोजनाको निजगढ कार्यालयले जनाएको छ । नेपाली सेनाले निजगढदेखि ललितपुरको खोकनासम्मको करिव साढे ७२ किलोमिटर भूभागलाई ११ वटा प्याकेजमा छुट्याएर ५ वटामा ठेक्का लगाएको छ । बाँकी ६ वटा प्याकेज पनि पाइपलाइनमा रहेकाले छिट्टै ठेक्का प्रक्रियामा जाने आयोजना कार्यालयले जनाएको छ ।

    द्रुतमार्गको साढे ७२ किलोमिटर सडक खण्ड ४ लेनको हुनेछ । सो सडक खण्डमा ८७ वटा पुल बन्नेछन् । ६ किलोमिटरको अन्तरालमा ३ वटा टनेल रहनेछन् । साढे ५५ किलोमिटर सडक क्षेत्र रहने छ भने बाँकी पुल र टनेलले ओगट्नेछन् ।

    ‘अहिले १३० मिटर उचाइबाट कटिङको गर्ने, माटो फिलिङ गर्ने र अन्य संरचना निर्माणका कामहरु भइरहेका छन्’, दु्रतमार्ग निर्माण कार्यदलका एक अधिकारीले भने । पुलसहित अन्य साना संरचना निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । ‘सबैले बाधा अड्चन फुकाएर सहयोग गरे अहिलेको हाम्रो लक्ष्य अनुसार ०८१ मंसिरसम्म द्रुतमार्ग सरकारलाई हस्तान्तरण गर्ने हो, बीचमा फेरि बाधा अड्चन आयो भने गाह्रो हुन्छ,’ कार्यदलका ती अधिकारीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑