बिरगंज । पोखरामा छैटौँ शुभकामना गोल्डकप तथा हेम्जा गोल्डकप असार पहिलो साता हुने भएको छ । हेम्जाको गौरीशंकर मैदानमा असार ४ गतेदेखि गोल्डकप गर्ने आयोजक हेमजा युनाइटेडले जानकारी दिएको छ । प्रतियोगितामा १ विदेशीसहित ८ टिमको सहभागिता हुनेछ ।विभागीय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष इन्द्र कुँवरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०–२० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
बिरगंजसंजाल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई Birgunjsanjal.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।