• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पार्टीभित्र एकमत नहुँदा स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन सकेनः प्रदीप पौडेल

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७९, बिहीबार १८:५३
  • २७२१

    वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धनको सम्बन्धमा पार्टीभित्रै फरक–फरक धारणा रहेकाले गठबन्धन प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले पार्टीभित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउनका लागि नलागेको पनि बताए। उनले गठबन्धनको कारणले कांग्रेसको परिणामलाई घटाएको र घाटा भएको निष्कर्ष पार्टीको नरहेको स्पष्ट पारे ।

    उनले भने, ‘गठबन्धनले हाम्रो परिणामलाई घटाएको छ, उथलपुथल बनाएको छ, पार्टीलाई घाटा भएको छ भन्ने निष्कर्ष हाम्रो छैन। गठबन्धन पनि प्रभावकारी हुन सकेन, त्योभन्दा बढी हाम्रो कांग्रेस पार्टीको सम्पूर्ण शक्ति नेपाली कांग्रेसलाई जिताउनको निम्ति हामीले खर्चिने स्थिति निर्माण गर्न सकेनौँ । त्यसैले पहिला त हाम्रो सम्पूर्ण शक्तिलाई नेपाली कांग्रेसको उम्मेदवार जिताउनको निम्ति खर्चिने परिस्थिति हामी निर्माण गरौँ । त्यसपछि थप उपलब्धिको निम्ति गठबन्धन गर्ने स्थिति बनाउनुपर्छ भन्ने मलाई लाग्छ। गठबन्धन गर्दा पार्टीभित्र सम्पूर्ण नेता त्यो कुरामा सहमत भएको, एउटै धारणा आउने गरी अगाडि बढ्ने स्थिति हुनुपर्छ । फरक– फरक कुरा गरेको स्थितिले गठबन्धनलाई प्रभावकारी बनाउन सकेन ।’केन्द्रीय सदस्य पौडेलले महानगरपालिका र उपमहानगरपालिकाको हकमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने निर्णय गर्नुले परिणाम दिन नसकेको बताए । उनले स्थानीय परिस्थितिजन्य गठबन्धन नभएका कारण महानगर र उपमहानगरपालिकामा अपेक्षाकृत नतिजा आउन नसकेको उल्लेख गरे ।

    उनले आगामी दिनमा गठबन्धन गर्दा साझा एजेण्डा र स्थानीय परिस्थितिलाई आधारित बनाएर गरिनुपर्ने बताए । कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका नेता पौडेलले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको बताए । वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठूलो दल भएको उनको भनाइ छ । सो उपसमितिले स्थानीय तह निर्वाचनको अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको उनले जानकारी दिए । उनले नेपाली कांग्रेसले १४१ स्थानमा नगर प्रमुख, १८८ स्थानमा गाउँपालिका अध्यक्ष, ११० स्थानमा नगर उपप्रमुख र १९० स्थानमा गाउँपालिका उपाध्यक्ष जितेको जानकारी दिए । त्यसैगरी, २ हजार ६६५ वडाध्यक्ष, २ हजार ६०६ महिला सदस्य, २ हजार ५५१ दलित महिला सदस्य र ५ हजार ३०७ खुला सदस्य जितेको पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑