मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अवैध रुपमा नेपाल भित्रिएको २४ लाख रुपैयाँ बराबरको खाद्यान्न बरामद गरेको छ । बुधबार राति विराटनगर महानगरपालिका–६ केशलिया रोडमा ५ सय बोरा मकै भारतबाट भन्सार छली गरी भित्र्याएको अवस्थामा समानसहित ट्रक चालकलाई पक्राउ गरिएको हो ।
प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले सुन्दरहरैंचा नगरपालिका–२ का ३६ वर्षीय ट्रक चालक दुखीलाल उराउलाई भारतबाट अवैध रुपमा भित्रिएको मकैसहित पक्राउ गरेको जानकारी दिए ।
मकै लोड गरेको ना.४ ख १६७८ नम्बरको ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको समानसहित चालकलाई सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।