वीरगंज । असार १० गतेबाट रिलिजको तयारीमा रहेका सिनेमा ‘घनचक्कर’ को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक भएको छ। सार्वजनिकमा गीतमा चलचित्रका मुख्य पात्रबीचको प्रेम र पौसाको चक्कर देखाइएको छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भूपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ ।
हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ । सुसन प्रजापति खिचेको सिनेमामा अर्जून सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।