• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दै हुनुहुन्छ ? जान्नै पर्ने ९ कुरा

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७९, बिहीबार १७:४८
  • २६८१

    वीरगंज । अहिले मोटरसाइकल तथा स्कुटर अत्यावश्यक सवारी साधन जस्तै भएको छ । काठमाडौं जस्तो सहरमा अत्यधिक ट्राफिक जामका कारण पनि छिटोछरितो यात्राका लागि सर्वसाधारणको रोजाइमा मोटरसाइकल वा स्कुटर पर्ने गरेको छ । तर सबैले नयाँ मोटरसाइकल वा स्कुटर किन्ने क्षमता राख्दैनन् । यस्तोमा सेकेण्ड ह्याण्ड साधन राम्रो विकल्प हुन सक्छन् । सेकेण्ड ह्याण्ड बाइक तथा स्कुटर किन्दा ध्यान पुर्‍याउन नसक्दा कतिपय ग्राहक फस्ने सम्भावना पनि उत्तिकै रहन्छ । तपाई सेकेण्ड ह्याण्ड बाइक वा स्कुटर किन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ, जसले नोक्सान हुनबाट बचाउन सक्छन् ।

    १. दर्ता भएका व्यवसायीसँग मात्रै कारोबार गर्ने

    नेपाल अटोमोबाइल रिकन्डिसन व्यावसायी संघका अध्यक्ष बीएन पाठक
    सेकेण्ड ह्याण्ड बाइक तथा स्कुटर किन्दा ग्राहकले नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ तथा सरकारबाट अनुमति लिएका रिकन्डिसन सेन्टरसँग मात्रै कारोबार गर्नुपर्छ । संघमा तथा सरकार मातहत दर्ता भएका रिकन्डिसनसँग कारोबार गरेमा ग्राहक फस्ने सम्भावना कम हुन्छ । कुनै समस्या आए तुरुन्त बिक्रेतासँग सम्पर्क गर्न सकिन्छ । दर्ता नभएका बिक्रेताहरुसँग बाइक किन्दा ठगिने सम्भावना हुन्छ । दर्ताविना सञ्चालन भएका व्यवसायी केही दिनमै भाग्न पनि सक्छन् ।

    २. कागजपत्रको जाँच गर्ने

    सेकेण्ड ह्याण्ड बाइक तथा स्कुटर किन्दा कागजात रहे नरहेको बुझ्नुपर्छ । सवारी साधनको ब्लुबुक जाँच गरेर मात्रै खरिद गर्नुपर्छ । साथै ब्लुबुकमा उल्लेख गरिएको चेसिस नम्बर र सवारी साधनको चेसिस नम्बर मिलेको छ कि छैन जाँच गर्नुपर्छ ।

    ३. सवारी साधन जाँच गर्ने

    सेकेण्ड ह्याण्ड स्कुटर वा मोटरसाइकल किन्दा बाहिरको बडी सही भए नभएको हेर्नुपर्छ । बडीमा कुनै दाग–धब्बा भएको, कोरिएको वा टुटफुट भए नभएको राम्ररी हेर्नुपर्छ ।

    जाँच गर्दा सकेसम्म अनुभव भएको व्यक्तिलाई लगेर जानुपर्छ । बाइक तथा स्कुटरको ब्रेक, क्लज, एक्सिलेटर, लाइट, इन्जिन, टायर तथा तेल ट्यांकी राम्ररी हेर्नुपर्छ । बाइकका यी पाटपूर्जाले राम्ररी काम गर्न सक्ने नसक्ने पनि परीक्षण गर्नुपर्छ ।

    मोटरसाइकल वा स्कुटर किन्दा बीमा गरे नगरेको, बीमाको रकम तिरे नतिरेको, कर तिरे नतिरेको तथा बाइक चोरीको हो वा होइन भन्ने कुरामा ध्यान दिनुपर्छ । बाइक बेच्ने व्यक्तिले बीमा गरेको भए त्यही बीमा किन्नेको नाममा ट्रान्सफर गरिन्छ । बीमा नगरेको भए बाइक नामसारी गर्दा बीमा गरिन्छ ।

    ४. मूल्यबारे जानकारी

    सेकेण्ड ह्याण्ड मोटरसाइकल तथा स्कुटर किन्दा सुरुवातमा यसको मूल्यबारे थाहा पाउनुपर्छ । आफ्नो आवश्यकता र क्षमता हेरेर साधन किन्नुपर्छ । निजी बिक्रेताले डिलरको तुलनामा कम मूल्य राखेका हुन्छन्, तर यसबारे क्रेताले थाहा पाउनुपर्छ ।

    बिक्रेताले तोकेको मूल्यअनुसार बाइकको कन्डिसन ठीक भए नभएकोबारे बुझ्नुपर्छ । यसका साथै तपाईंले किनिरहनुभएको सेकेण्ड ह्याण्ड बाइक तथा स्कुटरको नयाँ स्वरुपको मूल्यबारे पनि जानकारी लिदनुपर्छ । यसो गर्दा ठगिनबाट जोगिन सकिन्छ । मोटरसाइकल तथा स्कुटरको लट, मोडल तथा इन्जिन हेरेर मूल्य निर्धारण गरिन्छ । रिकन्डिसन हाउसले किन्दा र बिक्री गर्दा यी तीन कुरा हरेर मूल्य निर्धारण गर्ने गर्छ ।

    ५. इन्जिन जाँच गर्ने

    मोटरसाइकल किन्दा इन्जिन ठीक रहे नरहेको राम्ररी हेर्नुपर्छ । जुनसुकै कम्पनीको बाइक भएपनि इन्जिन सबैभन्दा महत्वपूर्ण कुरा हो । यसका साथै कति सीसीको बाइकले कति माइलेज दिन्छ र इन्जिन क्षमता कति राख्छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ ।

    ६.लट र मोडल हेर्ने

    मोटरसाइकल वा स्कुटर किन्दा लट र मोडलमा ध्यान दिनुपर्छ । यसका साथै सवारी साधनको विशेषतामा ध्यान दिनुपर्छ । कम्पनीले तोकअनुसारको मोबिल भए नभएको हेर्दा पनि बाइकको कन्डिसन थाहा हुन्छ ।

    बाइक तथा स्कुटरले धुँवा फाल्छ भने त्यसबारे ग्राहकले ध्यान दिनुपर्छ । बाइक तथा स्कुटरले कालो र निलो गरी दुई प्रकारको धुँवा फाल्छ ।

    पेट्रोल बढी खाने बाइक तथा स्कुटरले कालो धुँवा फाल्छ भने इन्जिनमा खराबी छ भने निलो धुँवा फाल्छ । निलो धुवा फाल्ने बाइकको इन्जिनमा समस्या हुन्छ जसलाई बनाउनैपर्छ । त्यसैले इन्जिनबारे सचेत हुनुपर्छ ।

    ७. सम्झौतापत्र बनाउने

    सेकेण्ड ह्याण्ड बाइक किन्दा बिक्रेता र क्रेताबीच सम्झौतापत्र पनि बनाउनुपर्छ । सेकेण्ड ह्याण्ड सवारी साधनको वारेन्टी नहुने भएकाले राम्ररी यान्त्रिक परीक्षण गरेर मात्रै लिनुपर्छ । क्रेतालाई सबै जानकारी नहुने भएकाले बाइक किन्दा मेकानिक तथा चिनेजानेको बिक्रेताबाट मात्रै लिनुपर्छ । यसो गर्दा भविष्यमा आउने संकटबाट दुवै पक्ष जोगिन्छन् ।

    ८. बीमा

    मोटरसाइकल तथा स्कुटरमा दुई किसिमको बीमा हुन्छ । जसमा पूर्ण र थर्ड पार्टी बीमा छन् । पूर्ण बीमामा बाइक तथा स्कुटर दुर्घटनामा परेमा, आगो लागेमा तथा हराएर बीमा हुन्छ । थर्ड पाटी बीमामा पहिला कसैलाई ठोकेमा त्यसको उपचार खर्चवापत दुई लाख र मृत्यु भएमा पाँच लाख क्षतिपूर्ति दिनुपर्ने व्यवस्था थियो । तर अहिले बाइक तथा स्कुटर पछाडि बसेको व्यक्तिको समेत उपचार खर्च व्यहोर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । तर थर्ड पाटी बीमामा बाइकले अरुलाई हानेमा यो क्षतिपूर्ति दिने व्यवस्था छ । बाइक हरायो भने त्यो लागु हुँदैन ।

    ९. टेस्ट ड्राइभ

    टेस्ट ड्राइभ बाइक तथा स्कुटर छान्ने सबैभन्दा राम्रो तरीका हो । बाइक चलाएर हेर्दा त्यसमा भएका कमीकमजोरी सजिलै पत्ता लगाउन सकिन्छ । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघ (नारा)सँग व्यवसाय गर्दा सम्बन्धित सरकारी निकायमा दर्ता गर्नुपर्ने, खरिद बिक्री गर्दा वारेन्टी÷ग्यारेन्टी नहुने हुँदा कन्डिसन, यान्त्रिक अवस्था र प्राविधिक पक्ष जाँच गरी मूल्य र अन्य खर्च यकिन गर्ने, टेस्ट ड्राइभ गर्नुपरे सक्कल परिचय पत्र राखी स्टाफसँग जानुपर्ने, कार्यस्थलमा सीसीटीभी राख्नुपर्ने, नाराले जारी गरेका नियम पढेर सुनाई लिखित कागजमा हस्ताक्षर गर्नुपर्ने सर्तहरु राखेको छ ।

    त्यस्तै नाराले लिखित कागज गर्दा खरिद कर्ताको परिचयपत्र, सवारीचालक अनुमति पत्र, नागरिकताको फोटोकपी र सम्पर्क नम्बर उल्लेख गर्ने, लिखित सम्झौतापछि सवारी फिर्ता गर्न नपाइने, गर्नैपरे सवारीको कन्डिसन परीक्षण गरी मूल्यमा केही प्रतिशत रकम कटौती हुने, सवारी खरिद गर्दा छिटोभन्दा छिटो यातायात कार्यालयमा गई हक हस्तान्तरण वा नामसारी गर्ने लगायत सर्तहरु उल्लेख गरेको छ ।

    नाराले अहिले सरकार तथा संघमा आवद्ध नभई सञ्चालन भएका रिकन्डिसन हाउसलार्ई सरकार मातहत तथा संघमा आवद्ध हुन आह्वान गरिरहेको छ । नेपाल अटोमोबाइल रिकन्डिसन व्यावसायी संघका अध्यक्ष बीएन पाठकका अनुसार उपत्यकामा करिब तीन सयको हाराहारीमा रिकन्डिसन हाउस सञ्चालनमा रहेका छन् । संघले दर्ता नभई सञ्चालन भइरहेका हाउसलाई दर्ता हुन समय दिने र नभए कारबाही गर्ने बताएको छ । जसका लागि उसले उपत्यकामा निरीक्षणसमेत गरिरहेको छ । रिकन्डिसन हाउसको वैधताबारे थाहा पाउन ग्राहकको सहजताका लागि संघले प्रत्येक हाउसमा पालना गर्नुपर्ने नियम र सर्तसहितको ब्यानर राखेको छ । जुन ब्यानर पढेर ग्राहकले सवारी किन्ने प्रक्रियाबारे सजिलै थाहा पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑