वीरगंज । नाइजेरियाको एक चर्चमा भएको हिंसात्मक हमलामा परेर ज्यान गुमाउने ४० जना पुगेका छन् ।
नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट र गोली प्रहार गरेर ती व्यक्तिको हत्या भएको थियो । ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधबार दिएको जानकारीअनुसार हमलामा परेर अरु ६१ जना घाइते भएका छन् ।
उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ । ओयो सहरस्थित चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो ।