• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राधा कृष्ण माविमा चार कोठे भवनको शिलान्यास

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७९, बिहीबार १७:१४
  • ३९७३

    वीरगन्ज । बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले राधा कृष्ण माध्यमिक विद्यालय बहुवर्वा भाठ्ठामा भवन निर्माणका लागि शिलान्यास गरेका छन् । गाउँपालिका–२ को राधा कृष्ण माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यस एक कार्यक्रमका बीच उनले गरेका हुन् ।
    गाउँपालिकाका अध्यक्ष तिवारीले भवन शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माण कार्यमा विशेष ध्यान पुगाएकाले शिक्षा क्षेत्रमा फड्को मार्ने बताए ।

    गाउँपालिकाका अध्यक्ष तिवारीले राधा कृष्ण माध्यमिक विद्यालयको भवन बनाई विद्यालयको पठन पाठनमा पूर्ण रूपले सुधार गर्ने बताए । विकास गर्न आएकाले म सबै क्षेत्रलाई समेटेर अगाडि बढने छु । पालिकाभित्र रहेका माविहरुलाई स्तरोन्नति गर्दै लैजाने छु ।’ गुणस्तरीय शिक्षा प्रदानका लागि अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गरिने उनले बताए । अध्यक्ष तिवारीले पहिलाको गाउँपालिका र अहिलेको गाउँपालिकाको तुलना गर्न सबैलाई अनुरोध गरेका थिए ।

    पालिकाभित्र केही कमजोरी भए आफूलाई सरसल्लाह सुझाव दिन उनले अनुरोध गरेका थिए । राम्रो कामको प्रशंसा गर्नुको साट्टो गलत प्रचारवाजी गर्न केही तत्वहरु सक्रिय भएकाले सर्वसाधारणहरुलाई सचेत रहनसमेत उनले उद्घोष गरेका हुन । विकासको गतिविधिले गाउँपालिकाको मुहार फेरिने उनले ठोकुवा गर्दै शिक्षा क्षेत्रमा पनि ठूलो परिर्वतन ल्याउने दावी समेत अध्यक्ष तिवारीले गरे । अंग्रेजी भाषा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने गरेकाले सानो कक्षादेखि नै सिक्न र सिकाउन जरुरी रहेको उनले बताए ।’

    गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाले भवनको आवश्यकतालाई मध्यनजर गर्दै भवनको लागि पालिकाबाट सहयोग गरेको बताइन् । भवन निर्माण कार्यमा निगरानी बढाउन आवश्यक रहेकाले समय–समयमा सबैले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले विद्यालय शान्ति क्षेत्र भएकाले राजनीतिको अखडा नबनाउन सबैलाई आग्रह गरेका थिए । सकारात्मक सोचको विकासबाट नै समाजको उन्नित र प्रगति हुन सक्ने भएको हुँदा सामाजिक एकता कायम हुनुपर्नेमा अधिकृत साहले जोड दिएका थिए । चार कोठे भवन निर्माण कार्यमा सरोकारवालाहरुले चासो देखाउनुपर्ने उनले बताए ।

    चार कोठे भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रकम विनयोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । उक्त रकम विद्यालयको खातामा पठाई विद्यालय मार्फत निर्माण काम हुने अधिकृत साहले बताए ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी ,उपाध्यक्ष ज्योति चौरसिया , वडा अध्यक्ष मुक्ति पटेल , प्रमुख प्रशासकीय अधिकृत राजु साह, लेखा अधिकृत मिथलेश कुशवाहा , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , इन्जिनियर नगेन्द्र कुशवाहा , प्रधानाध्यापक सरोज चौहान लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑