वीरगंज । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा भएको हत्याको कहानीले धेरैलाई चकित पारेको छ । १६ वर्षका यी किशोरले आफ्नी आमाको गोली हानी हत्या गरेको भन्ने खबरमाथि धेरैले विश्वास गर्न सकिरहेका छैनन् । ती किशोर जतिबेला पनि पब्जी खेल्न चाहन्थे तर आमाले भने उनलाई यसो गर्न रोकेपछि रिसाएका उनले आमाको हत्या गरेको बयान दिएका छन् । घटना शनिबार र आइतबारको मध्य रातको हो ।
१६ वर्षका छोराले आफ्ना पिताको लाइसेन्स भएको बन्दुकले आफ्नी आमाको हत्या गरेका छन् । आमालाई गोली हानेपछि उनी निकै आरामले कुनै चिन्ता बिना नै तीन दिनसम्म पार्टी गरिरहे । यतिबेला उनले आफ्नो बहिनीलाई धम्काए पनि । साथीसँग क्रिकेट खेले र उनीहरुसँग उनकै घरमा पार्टी गरे, जहाँ आमाको शव थियो । शवको दुर्गन्ध हटाउनका लागि रुम फ्रेशनरको अत्यधिक प्रयोग गरे । यो घटना सार्वजनिक भएपछि आरोपीलाई हिरासतमा लिएर सोधपुछ गरिएको छ ।
सोधपुछका बेला आरोपीले आफूलाई आमाको हत्यामा कुनै सोधपुछ नभएको बताएका छन् । प्रहरी र ती आरोपीबीचको सवाल जवाफ एक भारतीय सञ्चार माध्यमले प्रकाशित गरेको छ, यसबारे जानकारी लिऔँ ।