वीरगंज । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति सीले ९ देशका राजदूतहरु नियुक्त गरेका हुन् ।
विज्ञप्तिअनुसार नसन हाइयानलाई सिंगापुरको राजदूतको जिम्मेवारी दिइएको छ भने झाङ जियानवेईलाई कुवेतको राजदूत बनाइएको छ। त्यसैगरी झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको छ ।
राष्ट्रपति सीले वाङ सुइकुनलाई रुवाण्डा, लु शानलाई बुर्किना फासो र झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् । त्यस्तै हान चुनलिन रोमानिया तथा वाङ टोङकिङ फिनल्याण्डका लागि राजदूत नियुक्त भएका छन् । त्यस्तै जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।