चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको, मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पाकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रुपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।
१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउँने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ ।
२. भिन्डीमा प्रोटीन, क्याल्शियम, वोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।३. भिन्डीको प्रयोगले केस लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलायम बनाउँछ ।
४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।
५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पु¥याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईलाई एनीमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।
६. यसमा रहेको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।
७. भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ ।
यसरी बनाउन सकिन्छ भिन्डीको स्वादिलो परिकार
भरुवा भिन्डी
चिप्ले भिन्डीमा मसला मिश्रण गरेर स्वादिलो खानेकुरा बनाउन सकिन्छ । यहाँ भरुवा भिन्डी बनाउने बिधी दिइएको छ ।
– २५० ग्राम भिन्डी
– १ मध्यम गोलभेडा, लाम्चो आकारमा काटिएको
– १ हरियो खुर्सानी, बर्गाकार काटेको
– २ चिया चम्चा लसुन अदुवाको पेस्ट
– डेढ चम्चा जीरा
– २ ठूलो चम्चा तेल
– २ ठूलो चम्चा हरियो धनिया
– नुन
भर्नका लागि
– ३ ठूलो चम्चा बेसन, भुटेको