• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    को हुन् जिसस पर्साको सभापतिमा उम्मेदवारी दिएका सरोज चौरसिया ?

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७९, बुधबार १७:४७
  • ३१२१

    वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको सभापतिमा नेपाली कांग्रेसबाट सरोज चौरसियाले उम्मेदवारी दिएका छन् । यहि जेठ २७ गते हुन लागेको जिससको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रमुखमा चौरसिया र उप–प्रमुखमा सोनी पासवानको उम्मेदवारी परेको हो । नेविसंघ हुँदै नेपाली कांग्रेसबाट सक्रिय राजनीति गरिरहेका चौरसियाको जिससको सभापतिमा उम्मेद्वारी परेपछि कांग्रेसी युवाहरु उत्साहित छन् । पर्सेली राजनीतिक वृत्तमा चौरसियाको विशेष प्रभाव छ । प्रखर बोली र स्पष्ट विचारका कारण उनी प्रभावशाली युवा नेताका रुपमा समेत परिचित छन् । सहि सुझबुझ र समयसापेक्ष निर्णय क्षमता भएका चौरसिया युवा शक्ति परिचालनमा खप्पिस छन् । सिमित स्रोतका बावजुद पनि वृहत समस्याहरुको समाधान गर्नसक्ने चौरसिया, यहाँका युवाहरुको लागि प्रेरणाका स्रोत हुन् ।

    चौरसिया सक्रिय सामाजिक अभियन्ता हुन् । उनले करिब १५ वर्ष विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गरेका छन् । सामुदाायिक विकासका लागि समुदाय अनुसारकै विकास पद्धती निर्माण गरि कार्यान्वयन गर्नसक्ने चौरसिया यहाँको समुदाय र समुदायको समस्याबारे जानकार छन् । संस्थाहरुमा कार्यरत रहँदा उनको नेतृत्वमा सञ्चालन भएका समुदाय सापेक्ष विकासका कार्यक्रम तथा परियोजनाहरु परिणाममुखी रहे । पर्सा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराउनुमा उनको विशेष योग्दान छ । उनले संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम युएन–हैबिट्याटका लागि पर्सा जिल्ला संयोजक भएर ४ वर्ष काम गरे । युएनमा कार्यरत रहँदा साविकको गाविसहरुमा खुल्लामा शौच नगर्न जनचेतना कार्यक्रम सञ्चालनदेखि घर–घरमा शौचालय निर्माणसम्मका कार्यहरु चौरसियाको नेतृत्वमा सम्पन्न भएको हो । खुला दिशामुक्त क्षेत्र घोषणाका लागि नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित कार्यक्रमको नेतृत्व पनि चौरसियाले नै गरे । तत्कालिन गाविस र जिविसहरुको बिच समन्वय गर्न सहजीकरण र कार्यको मार्गचित्र प्रस्तुत गर्ने काम पनि उनले गरे ।

    जिल्लास्थित प्रहरी–प्रशासन तथा सार्वजनिक निकायहरुसँगको समन्वयमा काम गर्न उनी अभ्यस्त छन् । राष्ट्रसंघ परियोजनामा कार्यरत रहँदा विभिन्न निकायहरुलाई एकमत बनाएर काम गरेको अनुभव उनीसँग छ । काममा गुणस्तर र परिणामलाई प्राथमिकतामा राख्ने चौरसियासँग महिला तथा बालबालिकाको क्षेत्रमा पनि सक्रिय भएर काम गरेको अनुभव छ । राष्ट्रसंघकै अकों अंग युएनडिपीमा कार्यरत रहँदा उनले दाइजो प्रथा, बाल विवाह, बालश्रम, घरेलु हिंसा, लिंगमा आधारित हिंसा, महिला हिंसाका विरुद्ध चर्को विरोघ गरेकै हुन् । जिल्लामा हिंसाका घटनाहरुमा कमी आउनु, उनको नेतृत्वमा सञ्चालित परियोजना तथा कार्यक्रमहरुको पनि परिणाम हो । सामाजिक सुरक्षा तथा युवा–प्रहरी साझेदारीका विषयहरुमा पनि उनको दखल छ । सन् २०१६ मा युवा र प्रहरीको साझेदारी नभएसम्म सामाजिक सुरक्षाको प्रत्याभुत हुन नसक्ने भन्दै उनले विभिन्न कार्यक्रमहरु सञ्चालन गरे ।

    उनले मानवअधिकार र शान्ति निर्माणको क्षेत्रमा पनि काम गरेका छन् । समुदायमा बसोबास गरिरहेकाहरुबाट कहिकतैं मानवअधिकारको उल्लंघन नहोस् भन्ने विषयमा सदैव सचेत रहने प्रवृत्तिका व्यक्ति हुन्, उनी । हिमालय ह्युमन राईट्स् मोनिटर्स् (हिमराईट्स्)मा कार्यरत रहँदा उनले जिल्लामा हुने हिंसाका घटनाहरुको पिडितलाई न्याय दिलाउन र पिडकलाई कारवाहीको दायरा भित्र ल्याउन तल्लिन रहे । न्याय सम्पादनको क्रममा कहिकतैं सरोकारवाला निकायबाट ढिलासुस्ती नहुन दिन निरन्तर खटिरह्ने व्यक्ति हुन्, उनी । साथै समुदायमा उत्पन्न भएका विवादलाई साम्य पार्न समयसान्दर्भिक उपाय अवलम्बन गर्दै शान्ति निर्माणमा उनले टेवा पुर्याए ।

    सन् २०१३ मा वैदेशिक रोजगारमा गएका थुप्रै सर्वसाधारणहरु विदेशमा अलपत्र परे । म्यानपावरको भर परेर विदेश गएका, वैदेशिक भाषा र कम्पनी बारे यथेष्ट जानकारी नभएकाहरु अलपत्र पर्ने क्रम बढ्दै गयो । त्यस बखत हिमराईट्स् द्वारा सञ्चालन भएको सेफ माईग्रेसन परियोजनामा काउन्सेलर भएर उनले काम गरे । जस अन्तर्गत उनले पर्सा जिल्लाबाट विदेश जाने योजनामा रहेकाहरुलाई मार्गनिर्देशन गर्ने काम गरे । सन् २०१५ मा नेपाल रेडक्रस सोसाईटीको प्रतिनिधीत्व गर्दै युरोपबाट उनी प्रशिक्षित छन् । सन् २०१५ मा ठाकुरराम बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा स्नातक गरेका चौरसियाले सन् २०१८ मा समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । पर्साको जीराभवानी गाउँपालिका सेढवा निवासी चौरसिया हाल गाउँपालिकाको कार्यपालिका सदस्य पनि हुन् । चौरसियाको अनुभवका कारण उनी जिल्लाको समन्वयकर्ताको भूमिका निर्वाह गर्न सक्षम् रहेको चर्चा छ । सेवा प्रवाह तथा विकास निर्माणका सवालमा कुनै सम्झौता नगर्ने उनले जिल्लास्थित पालिकाहरूका बीचमा आवश्यक पर्ने समन्वयका लागि आफूलाई जिससको सभापतिमा निर्वाचित गराउन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑