• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जका बस व्यवसायीद्वारा मेयर सिंहको ध्यानाकर्षण, ७ बुँदे माग सम्बोधन गर्न आग्रह

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७९, बुधबार १५:५९
  • २६६५

    वीरगञ्ज । यातायात व्यवस्थापनको नाममा शूल्क असुले पनि कुनै सुविधा नदिएर उल्टै दोहोरो शूल्कको मारमा परेको वीरगञ्जका बस व्यवसायीहरुले दुखेसो पोखेका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै वीरगञ्जका बस व्यवसायीहरुले बसपार्क सञ्चालनको ठेक्का पाएका ठेकेदारले आफुहरुसँग ज्यादतीपुर्ण ढंगले शूल्क असुलीरहेको आरोप लगाएका छन् ।

    कोभिड–१९ को कारण दुई–दुई पटक भएको लामो बन्दाबन्दीका कारण नाजुक अवस्थामा पुगेका बस व्यवसायीलाई राहत दिनुको साटो उल्टै दोहोरो शूल्कको मारमा पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक बिनोद मानन्धरले बताए । वीरगञ्ज महानगरपालिकाले आवश्यक पूर्वाधार र मापदण्डको निर्माण एवम् तयारी बिना नै वीरगञ्ज बस टर्मिनल सञ्चालन तथा व्यवस्थापन गर्न निजी साझेदार एम.के. इन्टरनेशनल कन्सट्रक्शन प्रा.ली.लाई हचुवाकको भरमा जिम्मेवारी दिएको बस व्यवसायीद्वारा जारी सयुँक्त प्रेस विज्ञप्तीमा उल्लेख छ । केन्द्रिय बस टर्मिनल र नारायणगढ बसपार्क सञ्चालनको व्यवस्थापनमा लगाइएको ठेक्काभन्दा अत्यन्तै चर्काे र रात्री पार्किङ्गको समेत शूल्क लगाएर बस व्यवसायीहरुलाई सास्ती दिने काम गरेको बस व्यवसायीको गुनासो छ । निवर्तमान मेयर बिजय कुमार सरावगीलाई पटक–पटक जानकारी गराउँदा पनि झुठो आश्वासन बाहेक केही नपाएको हुँदा अब नवनिर्वाचित मेयरले समस्या समाधानका लागि पहल गरिदिने वीरगञ्ज यातायात सेवा प्रा.ली.पर्साका अध्यक्ष हरिशरण बजगाईको विश्वास छ ।

    वीरगञ्ज महानगरपालिकाले यातायात व्यवस्थापनको नाममा लगाएको ठेक्का पनि प्रक्रियागत नभएको विज्ञप्तीमा उल्लेख छ । “यातायात व्यवस्थापनको नाममा हामीसँग ठेकेदारका मानिसहरुले बाटोमा गाडी रोकीरोकी शूल्क लिएपनि हामी व्यवसायीहरुले के सुविधा पायौँ ? केही सुविधा नदिने तर व्यवस्थापनको नाममा शूल्क किन तिर्ने ?” विज्ञप्तीमा भनिएको छ । बस व्यवसायीहरुले ७ बुँदे मागसहित मेयर सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । केन्द्रिय बस टर्मिनल र नारायणगढ बसपार्कमा लाग्ने एकतर्फी शूल्कसरह कायम गर्नुपर्ने, रात्री पार्किङ्ग शूल्क हटाउनुपर्ने, व्यवस्थीत टिकट काउन्टर निर्माण गर्नुपर्ने, यात्रुहरुको सुविधाका लागि विश्रामालय र खानेपानीसहितका पूर्वाधार निर्माण गर्नुपर्ने बस व्यवसायीका माग छन् ।

    यस्तै बस टर्मिनलभित्र चोरी लगायतका घटनाहरु बढ्दै गएकाले सुरक्षाको प्रत्याभूती प्रदान गर्ने व्यवस्था गर्नुका साथै यातायात व्यवस्थापनको नाममा लगाइएको ठेक्का खारेजी गर्न पनि उनीहरुले माग गरेका छन् । वीरगञ्ज बस टर्मिनललाई व्यवस्थित ढंगले यातायात व्यवसायीका संघ संस्थाका प्रतिनिधित्व हुने गरी सञ्चालन गर्नुपर्ने माग बस व्यवसायीहरुले राखेको पुरानो नारायणी यातायात कम्पनी प्रा.ली.का सञ्चालक श्याम उप्रेतीले बताए । जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बोधार्थ बनाई बुझाइएको ज्ञापन पत्रको सम्बोधन हुनुपर्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.ली.का अध्यक्ष सुमान श्रेष्ठको माग छ । ७ बुँदे मागको सम्बोधन नभएमा बस व्यवसायीहरु सेवा बन्द गरेर आन्दोलन गर्न बाध्य हुने पर्सा नारायणी यातायात प्रा.ली.का अध्यक्ष जगत प्रसाद साह कानुले चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑