• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्त्रिपरिषदका निर्णय : बिदा खारेजदेखि बढुवा र नियुक्तिसम्म

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७९, मंगलवार १९:०२
  • २७४६५

    काठमाडौं । सरकारले हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ । जेठ २३ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलवार गृहमन्त्री बालकृष्ण खाँणले गत जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा शुरुवात गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज बताए । मंगलबार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री खाँणले शिक्षा र स्वास्थ्यमा व्यवहारिक नदेखिएकोले यो निर्णयलाई खारेज गरेको बताए । त्यस्तै सरकारले थाईल्याण्डमा आयोजना हुने गभर्नेन्स एण्ड एन्टीकरप्शनद मेथड एण्ड टुल्स बिहाइण्ड अन इफेक्टिभ करप्शन एर्डिकेशन स्टाटेजी विषयक तालिम कार्यक्रमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिने भएको छ ।

    सरकारले विश्व बैंकबाट हरित उत्थनशील समावेशी विकासका लागि हुने सय मिलियन प्राप्त हुने अमेरिकी डलर करिव १२ अर्ब रुपैयाँ सहुलयित पूर्ण ऋण, सहायता लिन वार्ता टोली गठन गर्ने, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरदविक्रम राणालाई नियुक्त गर्ने, सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने पनि निर्णय भएको गृहमन्त्री खाणले बताए । गृहमन्त्री खाँणका अनुसार सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्वीकृत दिने, हातहतियार खरखजाना ११औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाशचन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    त्यस्तै सरकारले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने एसिया प्यासिफिक निनिस्टेरियल कन्फ्रेन्स अन डिजास्टर रिस्क रिडक्शन कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । गृहमन्त्री खाँणले भारतको नयाँ दिल्लीमा हुने नेपाल-भारत सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, प्रहरी नायब निरीक्षकहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने, रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि बताए ।

    उनले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास निर्माण समितिको अध्यक्ष पदमासुवास बी. साही र सदस्य पदमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने, नेपाल वायुसेवा निगमका महाप्रवन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, मानव अंग प्रत्यारोपण विकास समिति गठन तेस्रो संशोधन आादेश २०७९ स्वीकृत गर्ने निर्णय भएको पनि बताए । त्यस्तै सरकारले राजपत्राङ्ति प्रथम श्रेणीका अधिकृत सुरजकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामुहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑