• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रक्सी धेरै पिउने व्यक्तिको कलेजो कंक्रिटजस्तै हुन्छ : डा. भण्डारी

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७९, मंगलवार १८:४५
  • ३३३७

    काठमाडौं । जब हामी कुनै खानेकुरा खान्छौं त्यसमा भएको पोषक तत्व र विकार छुट्याउने काम कलेजोले गर्छ । खानेकुरा शरीरका लागि काम लाग्ने हो होइन भनी कलेजोले निरीक्षण गर्छ । यदि शरीरका लागि आवश्यक भए त्यसलाई भण्डारण गर्छ । चिकित्सकको भाषामा यो शरीरको भण्डार घर हो ।यसबाट प्रष्ट हुन्छ, खराब खानपान कलेजोको लागि बोझिलो हुन्छ । हामी जतिजति खराब खानेकुरा खान्छौं त्यसले सुरुवातमा कलेजोमै क्षति पुर्‍याउँछ । यसरी कलेजोले आफ्नो कार्यक्षमता गुमाउँदै जान्छ ।

    त्यसो भए कस्तो खानेकुराले कलेजोमा हानी पुर्‍याउँछ ? कलेजो कमजोर भएमा के हुन्छ ? क्षतिग्रस्त कलेजो पुनरुत्पादन हुन्छ ? यिनै विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पतालमा कार्यरत पेट तथा कलेजो रोग सर्जन डा. रमेश सिंह भण्डारीसँग गरिएको कुराकानी : मदिरा पनि कोही नियमित खान्छन् कसैले हप्तामा महिनामा । सुरुवाती अवस्थामा यसले कलेजोमा बोसो थप्दै जाने काम गर्छ । कतिपयले अल्ट्रासाउण्ड गराएको बेलामा बोसोको मात्रा देखियो भनेर डराउनुहुन्छ । तर यस्तो हुँदा पनि मदिरा पिउन भने छाडेका हुँदैनन् ।
    नेपालीमा कलेजोको के कस्ता समस्या बढी देखिएको छ ?

    म सर्जन भएकाले पनि ९० प्रतिशत बिरामी कलेजोको क्यान्सर, सिस्ट पलाउने, कुकरदेखि सर्ने रोग बढी देखेको छु । त्यस्तै अहिले सिरोसिसको समस्या पनि बढ्दो छ । कलेजोमा हुने संक्रमण, पत्थरी, हेपटाइटिस बी जस्ता समस्याले पनि धेरैलाई सताएको छ । खासमा कलेजोको काम के हो ? यसले शरीरमा के काम गर्छ ? कलेजो शरीरका अंगमध्ये जटिल अंग मानिन्छ । शरीरको सबैभन्दा ठूलो अंग भएकाले शरीरको सबैभन्दा धेरै काम यसैले गर्छ ।यसको काम शरीरलाई चाहिने प्रोटिन, रोग प्रतिरक्षाको चाहिने हेमोग्लोबिन बनाउने काम गर्छ । यसैगरी शरीरका कुनै पनि अंग काटिएको बेला कलेजोले रगत बग्न नियन्त्रण गर्दछ । हामीले हरेक किसिमका खाना, औषधि खान्छौं त्यसलाई कलेजोले नै शरीरका आवश्यक अंगहरुमा वितरण गर्छ । यसले खाएका सबै खाना शरीरलाई चाहिने चीज पचाउने र नचाहिने चीजलाई फाल्ने गर्छ । यसको प्रमुख काम खानालाई पचाउने नै हो ।

    हाम्रो खराब खानपानले कलेजोलाई कसरी बिगार्छ ?

    यो सत्य हो, खानपानले कलेजोलाई बिगार्न सक्छ । हामी खाने सबै खानेकुरा सन्तुलित र स्वस्थ्यकर हुन्छ भन्ने छैन । हामी स्वास्थ्य नहेरी जिब्रोको स्वादका लागि खान्छौं । त्यसैले खानाबाट सबै राम्रा तत्व मात्र गएका हुँदैनन् । खानाबाट संक्रमण पनि हुनसक्छ । अनावश्यक चिल्लोपदार्थ, कार्बोहाइडे«टले असर गर्छ । हामीले मीठो लाग्यो भन्दैमा शरीरको लागि आवश्यक नहुँदा पनि खाइरहन्छौं । कलेजोले ती खानालाई पचाउने प्रक्रिया गर्छ । धेरै खाना भएकाले अनावश्यक खाना कलेजो भण्डारण गर्नुपर्ने हुन्छ । यही प्रक्रिया निरन्तर रहिरह्यो भने अनि कलेजो बिग्रन्छ ।

    मदिराको कुरा गरौं, मदिरा पिउनेहरुको कलेजो खराब हुन्छ भनिन्छ । मदिराले कसरी कलेजो खराब गर्छ ?

    मदिरा हाम्रो शरीरमा रगतको माध्यम हुँदै कलेजोमा पुग्छ । मदिरालाई पनि कलेजोले मेटाबोलाइज गर्छ । मेटाबोलाइज भनेको खानेकुरा पचाउने प्रक्रिया हो । मेटाबोलाइज गर्दा त्यसबाट विविध रसायन निस्कन्छ । ती रसायनले कलेजोको कोषलाई मार्ने काम गर्छ ।

    कलेजो त्यस्तो अंग हो, जुन खराब भए पनि फेरि पुनरुत्पादन हुनसक्छ । तर मदिराले कलेजोको पुनरुत्पादन गर्ने क्षमता कमजोर बनाइदिन्छ । एसिडलाई कुनै चीजमा फाल्यो भने जल्दै जान्छ त्यस्ते मदिराले कलेजोलाई त्यही बनाउँछ । मदिराले कलेजोमा बोसो जमाउने गर्छ । बोसो बढ्दै गएपछि पछि कलेजोमा सिरोसिस रोग लाग्छ ।

    मदिरामा त्यस्तो के तत्व हुन्छ, जो कलेजोको लागि हानिकारक हुन्छ ?

    मदिरामा इथाइल तत्व हुन्छ, जसमा विषाक्त तत्व हुन्छ । त्यो तत्व कलेजोमा गएर जम्मा भएर बस्छ । त्यसैले यो हानिकारक छ ।

    मदिराको कुनै मात्रा हुन्छ, जुन मात्रामा पिउँदा कलेजोलाई खास फरक पार्दैन ?

    मदिराको त्यस्तो मात्रा नै त भन्न सकिन्न, कतिपयले २-४ युनिटसम्म मदिरामा, स्वास्थ्य सम्बन्धी किताबमा पिउन सकिन्छ भन्ने लेखिएको हुन्छ । म त्यस्तो थोरै वा धेरै मदिरा पिउँदा कलेजोलाई खास फरक पर्दैन भन्न सक्दिन । महिला पुरुषमा शरीरको उचाइ, तौल, उमेर अनुसार यसको असर भिन्न हुन्छ ।

    मदिरा धेरै प्रकारका हुन्छन्, घरेलु मदिरादेखि महंगासम्म । यी सबैको असर एकनास हुन्छ वा फरक–फरक ?

    म कलेजो सर्जनले भएकाले पनि त्यो मदिराको प्रकार अनुसार त्यसमा अक्कोहलमा मात्रा हेरेर हुन्छ । कुनैमा बढी हुन्छ त कुनै कम । घरेलु मदिराको त नापजाँच नै हुँदैन । त्यसैले मेरो अनुभवको आधारमा मदिराका प्रकारले फरक पार्छ ।

    मदिरा पिउनेहरुको कलेजोको अवस्था कस्तो हुन्छ ?

    मदिरा पनि कोही नियमित खान्छन् कसैले हप्तामा महिनामा । सुरुवाती अवस्थामा यसले कलेजोमा बोसो थप्दै जाने काम गर्छ । कतिपयले अल्ट्रासाउण्ड गराएको बेलामा बोसोको मात्रा देखियो भनेर डराउनुहुन्छ । तर यस्तो हुँदा पनि मदिरा पिउन भने छाडेका हुँदैनन् । धेरै लामो समय मदिरा पिउनेहरुको कलेजोे साह्रो कंक्रिट जस्तो हुन्छ ।

    मदिराको कारण कलेजो खराब हुँदैछ भन्ने संकेत कसरी मिल्छ ?

    सबैलाई संकेत मिल्दैन । कसैकसैलाई खाना मन नलाग्ने, अल्छी लाग्ने, ज्वरो आउने, बान्ता हुने, जण्डिस हुने, बेहोस हुने यो अवस्थामा हेपाटाइटिसको अवस्थामा हुने गर्दछ । र, सिरोसिसम गइसकेको अवस्था छ । शरीर, पेटभरि पानी भरिने, मुख तथा दिसामा रगत बग्ने, आँखा पहेलो हुने र निन्द्रा नलाग्ने हुन्छ ।

    कलेजो खराब भएको संकेत मिलेपछि कसैले मदिरा पिउन छाड्छन् । त्यसो गर्दा फेरि कलेजो राम्रो हुन्छ ?

    कलेजोमा बोसो जमेको अवस्थामा मात्रै पुनः राम्रो हुनसक्छ । मदिरा पिउन छाडेको तीन–चार हप्तामा पहिलेको अवस्थामा आउन सक्छ । सिरोसिस भइसकेको छ भने पनि मदिरा छाड्नुपर्दछ । किनभने यो रोग लाग्ने बित्तिकै मानिसको मृत्यु भइहाल्दैन ।

    कलेजो खराब भइसकेपछि त्यसको उपचार के हुनसक्छ ?

    सुरुवाती अवस्था कलेजोमा बोसो जमेको अवस्थामा मदिरा पिउन तुरुन्तै बन्द गरिहाल्नुपर्छ । हेपाटाइटिस भएको अवस्थामा अस्पताल जानुपर्छ ।

    सिरोसिसको उपचार निश्चित उपचार हुँदैन । यस्तो अवस्थामा शरीरमा पानी भरिएको हुन्छ त्यसलाई औषधिसँगै पानीलाई निकाल्ने, रगत बग्ने समस्यालाई इन्डोस्कोपी गरेर नियन्त्रण गर्न सकिन्छ । अन्तिम विकल्प भनेको कलेजो प्रत्यारोपण नै हो ।

    कलेजोलाई स्वस्थ बनाउने खास उपाय के हो ? कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?

    मुख्य कुरा कलेजोलाई कुन चीजले हानी पुर्‍याउँछ भन्ने बुझ्न आवश्यक छ । चाहिने भन्दा बढी खाना नखाने, मधुमेहको नियन्त्रण गर्ने, मोटोपन घटाउने, पर्याप्त व्यायाम जस्ता काम गर्नुपर्छ । मदिरा पिउनु छाड्नेसँगै सन्तुलित भोजन खानुपर्छ ।

    कुनै पनि औषधिको प्रयोग राम्रोसँग बुझेर मात्र खाने अनावश्यक औषधिले पनि यसलाई असर पुर्‍याउने गर्छ । कलेजोको काम धेरै हुन्छ यसलाई अनावश्यक कामको भार दिनुहुँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑