• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सुरक्षित यौन सम्पर्क राख्ने तरिका

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७९, सोमबार ०२:२३
  • ३५५७

    हरेक पटक सुरक्षित यौनव्यवहार अपनाउनु पर्छ । महिलालाई विभिन्न प्रकारका यौन सम्बन्धहरू राख्नुपर्ने अवस्था आइपर्न सक्छन् । कुनै–कुनै महिलाले बलात्कार तथा यौनजन्य समस्या खेप्नुपर्छ ।

    विवाहित महिलामध्ये धेरै महिलाका श्रीमानले अन्य महिलाहरू वा देहव्यापारमा संलग्न महिलाहरूसँग यौनसम्पर्क राखेका हुन सक्छन् । कतिपय महिलाहरू बाध्यताबश वा इच्छाले देहव्यापारमा संलग्न हुन्छन् । यसरी महिलाहरुलाई विभिन्न तरिकाले यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारिन्छ र त्यसैकारण यौन रोग लाग्न सक्छ ।

    धेरै महिलाहरू एक जनासँग मात्र यौन सम्पर्क राख्दा यौनरोग लाग्न सक्दैन भन्ने सोचाइ राख्छन् । महिलाले यस्तो सोचाई राख्नु हुँदैन किनभने ः

    कुनै महिलाको एक जना मात्र यौनजोडी भएको तर उसलाई यौन रोग लागेको थियो भने ती महिलालाई अञ्जानमा यौन रोग सरेको हुन सक्छ ।
    आफ्नै श्रीमान्को पनि अरूसँग सम्र्पक छैन् भन्ने कुनै ग्यारेन्टी गर्न सकिदैन । त्यसैले आफ्नै श्रीमानबाट पनि महिलालाई यौन रोग सर्न सक्छ ।
    असुरक्षित यौन सम्पर्क भएमा के गर्ने ?

    असुरक्षित यौनसम्पर्क भएमा दुईवटा सम्भावनाहरू हुन सक्छन् ः

    १. गर्भ रहन सक्छ ।

    २. एच.आई.भी.एडस् वा यौनजन्य रोग लाग्ने सम्भावना हुन्छ । असुरक्षित यौन सम्पर्क हुँदा कन्डम फुटेमा यौन रोग सर्न सक्छ । बलात्कार भएमा वा यौनजोडीलाई कन्डम प्रयोग गराउन नसकेर यौन सम्पर्क राख्न बाध्य भएमा ।

    यस्तो बेला ध्यान दिनुपर्ने कुराहरु ः

    कन्डमको प्रयोग गर्न सक्ने अवस्था छैन तर यौन सन्तुष्टि लिनुपर्ने छ भने चुम्मा खाने, म्वाई खाने, आलिङ्गन गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ ।
    वीर्य वा योनीरस पैदा नभई वा स्खलित नगरी यौन सम्पर्क गर्नुपर्छ ।
    यौन सम्पर्क सकिएपछि योनीको भित्रसम्म शुक्रकीटनाशक फिँज चक्की राख्नुपर्छ । यसो गरेमा गोनोरिया र क्लामिडियाका सूक्ष्म जीवहरु केही मात्रामा मर्न सक्छन् । साथै वीर्यको शुक्रकिट पनि झर्न सक्छ ।
    असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्रमा सकेसम्म चाडै आकस्मिक परिवार नियोजन सेवा लिनुपर्छ । यसले अनुच्छुक गर्भधारण रोक्छ ।
    आफ्नो श्रीमान् तथा यौनजोडीलाई सुरक्षित यौनकार्यको अभ्यासका लागि राजी गराउदा पर्न सक्ने समस्याहरू तथा त्यसका समाधानका केही उदाहरणहरू ः

    १. आफैभित्र रहेको संकोच ः सबैभन्दा पहिलो समस्या त घेरै जसो महिलाहरूमा हुने संकोच नै हो । महिलाहरू आफ्नो यौन जोडीसँग सुरक्षित यौनकार्यको आवश्यकताका बारेमा खुलेर कुराकानी गर्न अप्ठ्यारो मान्छन् ।
    आफुलाई ज्ञान हुँदैहुदँै र कुरा गर्ने मन हुँदाहुदै पनि लाज र संकोचको कारण दोहोरो कुराकानी नभएर सुरक्षित यौन कार्यको अभ्यास हुन पाउँदैन । हाम्रो संस्कारमा महिलाहरुले यौन कार्यका बारेमा चर्चा नगर्ने अर्को कारण ‘उत्ताउली’ भन्लान् भन्ने डर हो । यौनकाबारेमा केही कुरा गर्दा आफ्नो पति वा यौन साथीले आपूmलाई केही नराम्रो सोच्ला कि भन्ने विचारले पनि महिलाहरू संकोच मान्न सक्छन् ।

    समाधान ः यौन समस्याको विषय आफ्नो स्वास्थ्य, जीवन र भावी सन्तानकोसमेत जीवनसँग गासिएको विषय भएकाले लाज र संकोच मान्नु हुँदैन । आफ्नो मन मिल्ने दिदी–बहिनीहरुसँग कुरा गर्र्दै लाज संकोच हटाउने अभ्यास गर्नुपर्छ ।

    २. पुरुषहरूमा सुरक्षित यौन सम्बन्धको महत्वका बारेमा ज्ञानको कमी ः यदि यौन कार्यमा संलग्न भएको पुरुषलाई सुरक्षित यौन सम्बन्धको महत्व बारे ज्ञान नभएमा वा उसलाई सुरक्षित यौन सम्बन्धका कारण हुने स्वास्थ्य समस्याबाट कस्तो दीर्घकालीन असर पर्छ भन्ने कुरा थाहा भएन भने सुरक्षित यौन सम्बन्धको अभ्यासका लागि उसलाई राजी गराउन गाह्रो पर्न सक्छ । साथै सुरक्षित यौन सम्पर्कका विधिहरू प्रयोग गरी यौन रोगहरूबाट बँच्न सकिन्छ भन्ने ज्ञान नहनु पनि सक्छ । यसकारण सुरक्षित यौन सम्बन्ध राख्ने चाहना हटाउन सक्छ ।

    समाधान ः आफ्नो श्रीमान् वा यौनजोडीलाई यौन संक्रमण फैलिने माध्यम र रोकथामका उपायहरुका बारेमा बताउनुपर्छ । यस्तै अनिच्छत गर्भ रहने भएकाले यसबाट परिवारमा पर्ने नकारात्मक असरका बारेमा पनि उनीहरुलाई सम्झाउनु पर्छ । साथै उनीहरूलाई स्वास्थ्य कार्यकर्ताहरूसँग भेटघाट गरी आवश्यक जानकारी लिन प्रोत्साहित गर्नुपर्छ । सुरक्षित यौन सम्बन्धबाट हुने जोखिमबारे राम्ररी थाहा पाएपछि उनीहरू बढी सहयोगी हुन सक्छन् ।

    ३. नैराश्यता ः यदि श्रीमान् वा यौन जोडी बढी ढिपी गर्ने स्वभावका छन् भने वा असहयोगी प्रकृतिको छ भने पटक–पटक सम्झाउदाँ पनि सुरक्षित यौन सम्बन्धको अभ्यास गर्न राजी नहुँदा नैराश्यता उत्पन्न हुन सक्छ ।
    ‘अब म उसलाई मनाउन सक्दिनँ’ भन्ने ठानेर हरशे खान खान हुँदैन । निराश भएर आफ्नो प्रयत्न छाडेमा सुरक्षित यौन सम्बन्धको अभ्यास सम्भव हुँदैन ।

    समाधान ः यो ज्यादै कठिन स्थिति हो तर निराश हनु हुँदैन धर्यताका साथ आफ्नो प्रयत्न जारी राख्नुपर्छ । यस्तो अवस्थामा सुरक्षित यौन सम्बन्धको अभ्यास गर्ने अरु कुनै राम्रो परिचित जोडी छन् भने उनीहरुको उदाहरण दिनु पनि उपयोगी नै हुन्छ । गाउँघरमा आफ्नो राम्ररी चिनजान भएका दिदी–बहिनीहरुसँग पनि सरसल्लाह गर्न सकिन्छ । उनीहरूमध्ये कसैलाई यस्तै समस्या थियो कि उनीहरूले यसलाई कसरी समाधान गरे भन्ने अनुभवका आधारमा समाधानका उपायहरु जान्न सकिन्छ ।

    साभार ः ‘महिलाका लागि डाक्टर नभएमा’ पुस्तकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑