वीरगंज । बिरगंजको नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाटनै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ । नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजका प्राविधिक शाखाका प्रमोद यादवले नै कार्यालयलाई भ्रष्टाचारको अखाड़ा बनाएको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताएका छन् । निर्देशिका बमोज़िम इनजिनियरले सवारी चेकजाँच गर्ने मात्रै हो तर सवारी चेकजाँच नगरी सेवाग्राहीसंग बीमाको नाममा पैसा खाने काम मात्र गरिएको छ । यति मात्र होईन सकल यकिनको नाममा पैसा लिने , गाड़ी पुरानो भए नम्बर चिनिएन भन्दै रकम लिने, डर त्रास देखाई यस्ता बिभिन्न बहानामा सेवाग्राहीहरुसंग पैसा लिने गरेको जो कोहीले पनी सहजै देखन सक्छ । यस्ता थुप्रै घटनाहरु यस भन्दा पहिला पनि सर्बजनिक भईसकेको भए पनि सम्बन्धित निकाय मौन बस्नुले त्यस निकाय माथीसमेत शंका उत्त्पन हुन थालेको छ । यामाहा, हीरो, सुजुकी , टिभीएस , जस्ता थुप्रै कम्पनीको गाड़ीहरु यातायात कार्यालय नल्याई पैसाको भरमा गाड़ी दर्ता भईरहेको छ । यस्ता कतिपए गाड़ीहरु यातायातमा नल्याई दर्ता गरिएको प्रमाण नै फेला परेको छ । त्यो कम्पनी गाड़ी दर्ता गरे वापत प्राविधिक शाखाका यादवले प्रति गाड़ी रु १०० को दरले लिने गरेको एक कर्मचारीले बताए । साथै प्रति दिन यस्ता कम्पनीका ८०० देखी ९०० सम्म गाड़ी दर्ता हुने गरेको छ । सेवाग्राहीहरुले गाड़ी नामसारी गराउनु परेमा गाड़ी नै लिएर आउनु पर्छ ।
तर त्यही कम्पनीको गाड़ी नामसारी गराउनु परेमा ल्याउनु पर्दैन, पैसा भए पुग्छ । यस्ता कतिपय नियम विपरित पैसाको बलमा प्राविधिक शाखामा काम हुने गरेको श्रोतले बताएको छ । यो शाखामा काम गर्ने कर्मचारीहरुको सम्पति विवरण छानबिन गरियो भने सजिलै सबै कुराको पर्दाफाश हुने एक सेवाग्राहीले बताए। नारायणी यातयात व्यवस्था कार्यालय वीरगंज बिचौलियाको अखडा बनेको पाइएको छ । प्रत्यक्ष सेवाग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ । यातायात सवारी शाखाका प्रमुख कुशेशवर साह र बिनित झा सवारी शाखाका अधिकृत र बिजय गुप्तालगाएतका कर्मचारीहरुले बिचौलिया प्रयोग गरि मान्छे नभएपनि पैसाको भरमा नमसारी हुनेगरेको एक कर्मचारीले बताएका छन् । यातायात कार्यालय व्यवस्था कर शाखा प्रमुख कुशेशवर साहले बिचौलियाहरु परिचालन गरि दिन्हु लाखौं रुपैया सेवाग्राहीहरुलाई विभिन्न बहाना बनाई असुल्ने गरेको नाम नछाप्रने सर्तमा एक कर्मचारीले बताएका छन् ।
यातायात कार्यालयमा रहेका बिचौलिया सोमराज मार्फत विभिन्न किसिमका गाडीको शोहरुमहरु शीत सवारी गाडीहरुको सहमति र नमसारी गराउनको लागि गाडी नभएको रुपैया लिने गरेको स्रोतले जनाएको छ। त्यसैगरि सोमराजले गाडिहरुको ढड्डा सेवाग्राहीहरुले खोज्दा नदिने र सो फाईल घरमा लगि १ हजारको दरले रकम लिएर दिने गरेको स्रोतले जनाएको छ।
यातायात कार्यालयमा रहेको फाईलहरु सोभराजले एकजना बाहिरी बस्ने सेवाग्राहीले पटक पटक आफ्नो कारको लाईसेन्सको रिनिवल गराउन आउदा पनि यातायात कार्यालय वीरगंजका कर्मचारीले सर्भर बिग्रेको बहानाबाजी गर्दै टार्ने गर्दथे तर विचौलियालाई पैसा दिएर पठाउदा उनै कर्मचारीले रिनवल गरी दिएको सेवाग्राहीले बताए । प्रत्यक्षदर्शि अनुसार बिचौलियाहरुले आफनै हातले ढड्डामा गाडिहरुको नामसारी, गाडिहरु को रिनवल जस्ता कार्यहरू गरी फाटका कर्मचारीसँग सहि गराउछन । नारायणी यातायात ब्यबस्था कार्यालय वीरगंजका र्मचारीहरुले सेवा ग्राहीलाई बहाना बनाई दुख दिने गरेका छन तर बिचौलियाका माध्यमले पैसा लिएर त्यही काम गर्ने गरेका छन ।सेवाग्राहीलाई सेवा प्रवाह गर्न कार्यालयको समयमा बस्ने कर्मचारीहरु बिचौलियामार्फत हुने कार्यलाई राति अबेर सम्म कार्यालयमा नै बसेर गर्ने प्रमाण फेला परेको छ।