वीरगञ्ज, २२ जेठ । वीरगञ्जमा आज २ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
वीरगञ्ज सबस्टेसनमा मर्मत कार्य गर्नुपर्ने भएको हुनाले उक्त सबस्टेसनबाट आइतबार (आज) अपराहन्न ३ बजेदेखि साँझ ५ बजेसम्म लाइन बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय वीरगञ्ज वितरण केन्द्रले एउटा सूचना जारी गर्दै वीरगञ्ज सबस्टेसनबाट प्रशारण भएको सम्पूर्ण ११ केभी फिडहरुबाट सञ्चालन हुने सम्पूर्ण क्षेत्रमा आज दुई घण्टाको लागि विद्युत अवरुद्ध हुने जनाएको छ ।