बिरगंज । मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
गत बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी गराए । उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आआफ्नो वेषभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभयो ।