बिरगंज । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।
अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य घटाउने निर्णय गरिएको प्रवक्ता उपाध्यायले बताए ।बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढेको कारण नेपालमा पनि पेट्रोलको मूल्य बढेर १८० रुपैयाँ पुगेको थियो । पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य घटेपनि खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत नै छ ।