जनकपुरधाम । जनकपुर–जयनगर चल्ने रेलको सिटमा आगो लागेको छ ।
बिहीबार जयनगरबाट जनकपुरतर्फ जाने क्रममा सेवाग्राहीले राखेको सामानबाट केमिकलजस्तो पदार्थ चुहिएर आगो लागेको नेपाल रेलवे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।
यद्यपि आगलागीको ठोस कारण पत्ता लागेको छैन । आगोलाई रेलवेका प्रतिनिधिहरूले निभाइसकेका छन् ।”खासै क्षति भएको छैन ।
एउटा सिटमा सामान्य क्षति भएको छ । शंकाको अधारमा प्रहरीले दुईजनालाई नियन्त्रणमा पनि लिएको छ,” उनले भने, “केमिकलजस्तो वस्तु चुहिँएर आगो लागेको छ । अब रेल नेपालतर्फ आइरहेको छ । आएपछि सबै कुरा थाहा हुन्छ ।”