वीरगञ्ज । स्वर्गीय राजा बिरेन्द्रको निधन भएको दिन देशभक्त राज्यभक्त संस्थाले वीरगञ्जमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
देशभक्त राज्य भक्त संस्थाका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
वीरगञ्जको महाविरस्थानस्थित महाविर मन्दिरको प्रांगनमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा देशभक्त राज्यभक्तका केन्द्रिय उपाध्यक्ष राजकिशोर चौवे, सुशिला लामा, सञ्जय यादव, रवि कुमार लाठ, विकास गुप्ता, शम्भुप्रसाद कानु लगायतको उपस्थिती रहेको थियो ।