• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आपूर्तिमन्त्री र अर्थमन्त्रीले कर घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने पटक–पटक आश्वासन दिए पनि अझै निर्णय भएन

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०७९, बिहीबार ०७:३५
  • २७५७

    बिरगंज । पेट्रोलियम पदार्थमा कर समायोजन गरेर उपभोक्तालाई राहत दिने सरकारी वाचा आश्वासनमा मात्रै सीमित भएको छ । सरकारले इन्धनमा भइरहेको मूल्य वृृद्धि र त्यसले पारेको चौतर्फी असर कम गर्न कर समायोजन गरी मूल्य घटाउने आश्वासन दिएको थियो ।

    मूल्य वृद्धि नियन्त्रण गर्न भारतले कर (एक्साइज ड्युटी) घटाएर उपभोक्तालाई राहत दिने प्रयास गरेपछि यहाँ पनि कर समायोजनको चर्चा चलेको थियो । सोहीअनुरूप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थमन्त्री जनार्दन शर्माले कर समायोजन गरेर मूल्य घटाउने बताउँदै आएका थिए ।
    गत शुक्रबार प्रतिनिधिसभा बैठकमा आपूर्तिमन्त्री बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गरेर मूल्य घटाइने जानकारी गराएका थिए ।

    उपभोक्तालाई राहत दिने प्रस्ताव गत जेठ १० को मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको र यसमा अर्थ मन्त्रालयले थप गृहकार्य गरिरहेको उनले जनाएका थिए । ‘पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत दिने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको छ,’ मन्त्री बडूले भनेका थिए, ‘कर समायोजनका विषयमा अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको जानकारी गराउन चाहन्छु ।’

    मन्त्री बडूले प्रतिनिधिसभामा जानकारी गराएको २ दिनपछि बजेट वक्तव्यमार्फत अर्थमन्त्री शर्माले पनि पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धि समायोजन गर्ने बताएका थिए । एलपी ग्यासमा दिइँदै आएको अनुदान पनि क्रमशः कटौती गर्ने उनको भनाइ थियो । ‘एलपी ग्यासमा दिइँदै आएको अनुदान क्रमशः कटौती गरी विद्युतीय उपयोगमा अनुदान प्रदान गर्ने नीति लिएको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । बजेट प्रस्तुत गरेको भोलिपल्ट अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन हुने भनेर पुनः प्रतिबद्धता दोहोर्‍याएका थिए । ‘हाल लाग्दै आएको पूर्वाधार कर बराबर हामीले समायोजन गर्नेछौं,’ उनले भनेका थिए ।

    कर वृद्धि हुँदा बजेट भाषणलगत्तै नयाँ मूल्य लागू गर्ने सरकारले इन्धनको हकमा भने ठोस निर्णय लिइसकेको छैन । यसले पेट्रोलियम पदार्थको मूल्यमा समेत अन्योल देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिले निगमको अवस्था थप नाजुक बनिरहेको निगमका अधिकारीहरू बताउँछन् । ‘इन्धनको मूल्य बजेटमार्फत समायोजन गर्ने भनिए पनि बजेटमा खुलेन । मूल्य समायोजन भनिए पनि कसरी गर्ने भन्नेमा अन्योल देखियो,’ निगमका सहप्रवक्ता पुष्कर कार्कीले भने, ‘कर कति घटाउने भन्ने नै स्पष्ट भएन । सरकारले केही खुलाएन । हामी पनि अन्योलमा छौं ।’

    पछिल्लो समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलर मजबुत हुँदा स्थानीय बजारमा थप असर पुगेको छ । इन्धनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८० र डिजेल–मट्टीतेलको १६३ रुपैयाँ पुर्‍याइएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पर्छ । यसले स्वतः उपभोक्तालाई पनि असर परिरहेको छ ।

    भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले जुन १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको पाक्षिक नोक्सानी ३ अर्ब ७ करोड रुपैयाँ छ । यही कारण इन्धन खरिद गरेबापतको मूल्य निगमले आईओसीलाई भुक्तानी गर्न सकेको छैन । आईओसीलाई अझै मे महिनाकै १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको निगमका अर्थ/प्रशासन प्रमुख नागेन्द्र साहले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमको नोक्सानी पनि चुलिँदै गएको छ,’ साहले भने, ‘नोक्सानी बढेकै कारण आईओसीलाई समयमै तिर्न सकेका छैनौं । अवस्था यस्तै रहे आपूर्तिमै असर पर्ने देखिन्छ । बजेटमा कर समायोजन हुनेमा आशावादी थियौं तर अहिलेसम्म निर्णय भएको छैन ।’

    आईओसीबाट प्रतिलिटर १ सय २५ रुपैयाँ ३९ पैसामा किनेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा, प्रतिलिटर १ सय २४ रुपैयाँ ५० पैसामा किनेको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर/शुल्क लगाइएको छ । यही मूल्य समायोजन गरेर निगम र सर्वसाधारणलाई राहत दिन प्रस्ताव भएको थियो । यसअघि निगमले पेट्रोल, डिजेलमा प्रतिलिटर १५/१५ रुपैयाँ कर घटाउन र ग्यासको हकमा भ्याट छुट गर्न प्रस्ताव गरेको थियो । हाल पूर्वाधार करबापत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । सुरुमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा उठाउँदै आएको उक्त कर पछिल्लो समय पूर्वाधार निर्माणका नाममा छुट्याइएको छ ।

    पेट्रोल र डिजेलमा समग्रमा प्रतिलिटर १५ रुपैयाँसम्म कर घटाउनुपर्ने प्रस्ताव सम्बोधन नभए पूर्वाधार शीर्षकबाट उठाइँदै आएको कर हटाउनुपर्ने निगमको माग थियो । ग्यासमा लाग्दै आएको भ्याट हटाइदिन पनि उसको माग थियो । अर्थमन्त्री शर्माले पेस गरेको बजेटमा ग्यासमा अनुदान हटाउने उल्लेख छ । हाल प्रतिसिलिन्डर १८ सय रुपैयाँ रहेको ग्यास अनुदान हटाए करिब २५ सय ५१ रुपैयाँसम्म पर्नेछ । निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ नोक्सानी छ । उक्त नोक्सानी निगम स्वयम्ले बेहोर्दै आएको छ ।

    ‘मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसकेकाले कर घट्ने अपेक्षा गरेका थियौं तर बजेटबाट कर घटेन । अन्तर्राष्ट्रिय बजारको ट्रेन्ड हेर्दा घाटा थप बढ्ने देखिन्छ,’ निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘कर समायोजनको बारेमा अर्थबाट आपूर्ति मन्त्रालयमा चिठी आएको सुनेका छौं । तर, निगममा आइनपुग्दासम्म केही भन्न सकिएन ।’

    अर्थमन्त्रीका प्रेस विज्ञ अजित अधिकारीले मन्त्रिपरिषद्को निर्णयअनुसार पेट्रोल/डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ कर समायोजन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरिसकेको बताए । ‘मन्त्रिपरिषद्ले आवश्यक अध्ययन गरेर निर्णय गर्न भनेअनुसार मूल्य समायोजनको चिठी पठाएका छौं । कर भन्सार बिन्दुमा घटाउने होइन, निगमले भन्सारबिन्दुमा पूर्वाधार शीर्षकमा तिरेको कर, सोही बराबरको पैसा फिर्ता गरिदिने हो,’ उनले भने ।

    अर्थले कर नघटाई फिर्ता गरिदिनेमा निगमका अधिकारीहरू विश्वस्त छैनन् । ‘निगमको घाटा चुलिएपछि २ महिनाअघि २ अर्ब ऋण लिन सैद्धान्तिक सहमति मागेका थियौं । अहिलेसम्म निर्णय भएको छैन,’ निगमका एक अधिकारीले भने, ‘कर नघटाई कर तिरे बराबरको पैसा फिर्ता दिन्छु भन्नु नाम मात्रैको हो । पैसा पाउनेमा विश्वस्त छैनौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑