• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीको बलरामा थप चार जना मलेरियाका बिरामी भेटिए

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७९, बुधबार १८:२२
  • २७३३

    सर्लाही । सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन्। बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन । बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया (औलोरोग) देखा परेको र दोस्रो चरणमा स्वास्थ्यकर्मी गाउँमा नै पठाएर रगत परीक्षण गर्दा थप चार जनामा मलेरिया(औलोरोग) देखा परेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए। उनका अनुसार मलेरियाका बिरामी भेटिएपछि सो क्षेत्रमा कीट र औषधिसहित चिकित्सकको टोली खटाएर रगत परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ। सबै बिरामीको अवस्था सामान्य रहेको उनले बताए । एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया (औलोरोग) लाग्दछ। मलेरियाका बिरामी भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले बलरा नगरपालिका २ र ९ मा लामखुट्टे मार्न घरघरमा स्वास्थ्यकर्मी खटाएर औषधि छर्कने काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ। सरकारले सन् २०२२ भित्र मलेरिया शून्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मूलन नै पार्ने लक्ष्य लिएको भए पनि बलरा नगरपालिकाको २ र ९ मा २६ जनामा सङ्क्रमण देखा परेको छ ।

    सरकारको लक्ष्यमा नै असर पर्ने गरी मलेरियाका बिरामी भेटिएपछि स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले समेत बलरा नगरपालिका २ र ९ मा दक्ष चिकित्सकसहितको टोली खटाएर वस्तुस्थितिबारे जानकारी लिन सुरु गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा मुक्तिनारायण साहले बताए। उनका अनुसार बलरा नगरपालिका २ र ९ का गाउँबाट अत्यधिक ज्वरो आएका बिरामी प्रादेशिक अस्पताल सर्लाहीमा उपचार गर्न आएपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा मलेरिया सङ्क्रमण रहेको पुष्टि भएको भनी प्रदेश स्वास्थ्य निर्देशनालयलाई जानकारी आएको थियो। सोहीअनुसार जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी प्रदेशबाट समेत टोली परिचालन गरिएको उनले बताए ।

    १० देखि १५ दिनसम्म ज्वरो आउनु, टाउको दुख्नु, शरीरका भित्री अङ्ग सुन्निनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु, थकित महसुस हुनु र औलोको शङ्का लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिने स्वास्थ्य निर्देशक डा साहले बताए। उनले औलो रोगको परीक्षण तथा उपचार नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुने पनि बताए । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु आवश्यक रहेको बताउँदै डा साहले घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने गरेमा यसको टोकाइबाट बच्न सकिने डा साहले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑