वीरगंज । नेपाली कांग्रेसका नेता तथा सांसद देवप्रसाद तिमल्सिनाले रौतहटमा मेडिकल कलेज स्थापना गर्न माग गरेका छन्।प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सरकारको क्रमबद्ध मेडिकल कलेज सुधार र थप्दै लैजाने कार्यक्रमअनुसार रौतहटमा एउटा मेडिकल कलेज स्थापना गर्न आग्रह गरेका हुन् ।
मानव सूचकांकदेखि सबै क्षेत्रमा सबैभन्दा पछाडि परेको र मधेश प्रदेशकै बीचमा भाग रहेको रौतहटमा मेडिकल कलेज स्थापना गर्न आग्रह गर्दै उनले मधेश प्रदेश अन्न भण्डार रहेकाले रौतहटमै कृषि विश्वविद्यालय स्थापना गर्न माग गरे। यसबाट किसानलाई पनि लाभान्वित हुने उनको भनाइ छ ।