• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महोत्तरीमा एक पालिकाको जनप्रतिनिधिले राज्यकोषबाट किने २६ मोबाइल; लगे टिभी, फ्रिजदेखि कूलरसम्म !

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७९, बुधबार १६:१८
  • १८०१

    वीरगंज । महोत्तरीको पिपरा गाउँपालिकाका निवर्तमान अध्यक्ष विक्रम चौधरी र उपाध्यक्ष ननुकुमारी दासले गाउँपालिकाको स्रोतको दुरुपयोग गरेर निजी प्रयोजनका लागि दर्जनौं मोबाइल खरिद गरेको पाइएको छ । त्यति मात्र होइन, आफ्नो घरमा सीसी क्यामेरा जडानदेखि वासिङ मशिन, फ्रिज, एलईडीलगायत विलासिताका थुप्रै वस्तुहरू खरिद गरेको तथ्य पत्ता लागेको छ । २०७६ मंसिरको उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएका अध्यक्ष चौधरीले आफ्नो कार्यकालको झन्डै ३ वर्षमा मात्र गाउँपालिकाको बजेटबाट लाखौं रुपैयाँका सामानहरू खरिद गरेर घरमा प्रयोग गर्दै आएको तथ्य खुलेको हो । २०७९ को निर्वाचनमा नेकपा एमालेबाट फेरि पनि उम्मेदवार बनेका चौधरी र दास पराजित भएका छन्। उनीहरू दुवै तेस्रो स्थानमा सीमित भए । पिपरा गाउँपालिकाका एक कर्मचारीले दिएको जानकारीअनुसार गाउँपालिकाका निवर्तमान अध्यक्ष चौधरीले गाउँपालिकाबाट खरिद गरिएका कुल २१ थान मोबाइल बुझेका छन् भने उपाध्यक्ष दासले पनि ५ वटा मोबाइल लिएकी छन्।

    पिपरा गाउँपालिका वडा नम्बर ३ पिपरा गाउँमा अध्यक्ष चौधरीको घर छ। त्यसैगरी उपाध्यक्ष दासको घर वडा नम्बर ७ बनौलीमा छ । चौधरीको घरमा ७ वटा सीसी क्यामेरा गाउँपालिकाको बजेटबाट नै जडान गरिएको गाउँपालिकाका स्टोरकिपर अशोककुमार झाले पनि पुष्टि गरे । ‘मोबाइल अध्यक्ष आफैंले किनेर ल्याउनुहुन्थ्यो । उहाँले ल्याएको बिलबमोजिम प्रमुख प्रशासकीय अधिकृतहरूले भुक्तानी गर्नुहुन्थ्यो,’ झाले भने, ‘भुक्तानी भएपछि बिलसहित दाखिला गर्न भनेपछि निर्देशनबमोजिम मैले दाखिला गर्ने गरेको थिएँ । स्याओमी, सामसङदेखि विभिन्न ब्राण्डका मोबाइलहरू अध्यक्ष र उपाध्यक्षले लिएका थिए।

    स्टोरकिपर झाका अनुसार तत्कालीन अध्यक्ष चौधरीले विभिन्न मितिमा रेडमी, सामसङ, एमआई, भिभो ब्राण्डका २० थान मोबाइल लिएकोमा भरपाई गरी बुझेको एक थान मोबाइल मात्र फिर्ता गरेका छन्। बाँकी मोबाइल उनले बुझे पनि भरपाई भने नगरेको उनले बताए। डेल कम्पनीको १ थान ल्यापटप र अर्कै कम्पनीको १ थान गरी दुई थान ल्यापटप पनि उनले बुझेका थिए, जसमध्ये डेलको ल्यापटप गाउँपालिकाको अस्पतालमा कार्यरत आफ्नै भतिज प्रविणकुमार चौधरीको नाममा भरपाई गर्न लगाएका थिए। अर्को ल्यापटप आफैँ लिएका थिए । ती ल्यापटप समेत निवर्तमान अध्यक्ष चौधरीले फिर्ता गरेका छैनन् । त्यसबाहेक उनले ७ थान सीसी क्यामेरा, १ थान एलजी कम्पनीको रेफ्रिजिरेटर, एलजी कम्पनीकै १ थान वासिङ मशिन, क्रम्प्टन कम्पनीको १ थान कुलर पनि गाउँपालिकाबाट नै खरिद गरी घरमा लगेर जडान गरेका थिए । अहिले निर्वाचनमा पराजित भएपछि पनि उनले ती सामान फिर्ता गरेका छैनन् । त्यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोका लागि जनकपुरधाम उपमहानगरपालिकास्थित भ्रमरपुरा चोकमा गाउँपालिकाकै खर्चबाट क्वार्टर भाडामा लिइएको थियो। गाउँपालिकाकै खर्चबाट उक्त क्वार्टरका लागि खरिद गरिएका फर्निचरसहितका सामानहरू पनि अध्यक्ष चौधरीले पछि आफ्नै घरमा लगेका छन् ।

    स्टोरकिपर झाका अनुसार उक्त क्वार्टरका लागि रेक्जिनको २ जना बस्ने सोफा ४ थान, १ जना बस्ने सोफा २ थान, कम्प्युटर टेबल ३ थान, मुभिङ चेयर ५ थान, प्लास्टिक कुर्सी २ थान, दराज १ थान, बुक केस १ थान, क्यानोनको प्रिन्टर १ थान, इक्सनको प्रिन्टर १ थान, प्लाइउडको लो बेड २ थान, काठको पलङ १ थान, पर्दा १० थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, सिलिङ फ्यान ३ थान, तोसक ३ थान, सिरक ३ थान, तन्ना ३ थान, इलेक्ट्रिक जग १ थान खरिद गरिएको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनको मतगणना चल्दै गर्दा चौधरी हार्ने निश्चितजस्तै भएपछि उनले ती सबै समानहरू जनकपुरको क्वार्टरबाट आफ्नो घरमा लगेको स्टोरकिपर झा बताउँछन् । ती सबै सामानमध्ये रेक्जिनको सोफा सेट क्वार्टरमा राखिएको भए पनि स्टोरमा भने दाखिला गराइएको छैन। बाँकी सामानहरू भने स्टोरमा दाखिला गराइएको झाले बताए । उपाध्यक्ष दासले आफ्नो घरमा २ थान रेफ्रिजिरेटर, १ थान एलजी टीभी, १ थान वासिङ मशिन, ३२ इन्चको एलईडी टिभी १ थान, राइस कूकर १ थान, आइरन १ थान, मिक्स्चर १ थान, थर्मस १ थान, कूलर १ थान, स्ट्याण्ड फ्यान १ थान, सिलिङ फ्यान १ थान गाउँपालिकाको पैसाबाट किनेर आफ्नो निजी घरमा प्रयोग गरेको समेत स्टोरकिपर झाले बताए, जसमध्ये उपाध्यक्ष दासले २ दिनअघि मात्र वासिङ मशिन, फ्रिज, कूलरलगायतका सामानहरू फिर्ता गरेको झाले बताए।

    स्टोरकिपर झाकाअनुसार उपाध्यक्षले ५ थान मोबाइल लिए पनि आफूले २ थान मात्र बुझेको र बाँकी तीन थान अध्यक्ष चौधरीकै जिम्मामा रहेको भन्दै २ थान मोबाइल मात्र फिर्ता गरेकी छन् । उपाध्यक्ष दासले गाउँपालिकाबाट नयाँ एलईडी किनेर आफ्नो घरमा लगेपनि फिर्ता गर्ने बेला सोही कम्पनीको पुरानो एलईडी फिर्ता गरेको झाले बताए । ‘उहाँले पहिले नै आफ्नो घरमा प्रयोग गर्नुभएको सोही कम्पनीको पुरानो एलईडी कार्यालयमा फिर्ता गर्नुभएको छ, जबकि कार्यालयको नाममा खरिद गरिएको नयाँ एलईडी भने उहाँले आफ्नै घरमा राख्नुभएको छ,’ झाले भने ।

    सामूहिक कन्यादानको सामान पनि अध्यक्ष-उपाध्यक्षले लगे
    २०७७ फागुन १६ गते ६ जना पिपरा गाउँपालिकाको वडा नम्बर ४ पिपरा गाउँका ४ जना दलित युवती र वडा नम्बर १ ढेकहाका २ दलित र १ गैर दलित गरी ७ युवतीको बिहे गराइएको थियो। गाउँपालिकाकै बजेटबाट ती ७ जनाको बिहे भएको थियो ।

    बिहे ७ जोडीको मात्रै भए पनि समान भने १० जोडीका लागि खरिद गरिएको थियो । बाँकी ३ जोडीका लागि खरिद गरिएको सामान अध्यक्ष र उपाध्यक्षले आपसमा बाँडेर घर लगेका थिए । सुन चाँदीका गरगहनादेखि लत्ता-कपडा, फर्निचरलगायतका सामानहरू पनि अध्यक्ष चौधरी र उपाध्यक्ष दासले एकआपसमा बाँडफाँड गरेका थिए। प्रतिकन्या सुनको मंगलसूत्र, औंठी र वरका लागि औंठी समेत गरेर ४/४ आना गहना किनिएको थियो । बिहेपछि बचेका ती गहना अध्यक्ष चौधरीले आफ्नै घर लगेका थिए । आफू पराजित भएपछि ती गहना भने स्टोरकिपर झालाई जिम्मा लगाएका छन् । ती गहना अहिले स्टोरकिपर झाले नै राखेका छन् । सुरक्षाका लागि स्टोरमा नराखेर घरमा राखेको उनी बताउँछन् । विवाहका लागि मात्रै ४० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। दुईजना महिला सदस्यको नाममा १०/१० लाख रुपैयाँ पेस्की उठाएर सामानहरू खरिद गरिएको थियो। विवाहमा कति खर्च भयो त्यसबारे आफू जानकार नरहेको झाले बताए।

    ‘सबै सामान अध्यक्षजीले आफैं किन्नुभएको थियो। विवाहपछि सजावटका लागि दिइएका सामानहरूको मैले भर्पाइ गरेको थिएँ,’ झाले लोकान्तरसँग भने, ‘प्रति बेहुली ५ वटा साडी दिइएको थियो। सात जोडी बेहुलीका लागि कुल ३५ वटा साडी मात्र गयो ।’बाँकी रहेको १५ थान साडी उपाध्यक्ष दासले लगेकी थिइन्। उपाध्यक्षले आफ्नो लागि महंगो साडी किनेर त्यसैमा बिल मिलाएको कर्मचारीहरू बताउँछन् । बेहुलीहरूलाई बिदाइका बेला दिनका लागि किनेर बचेको तीन थान ट्याङ्क, दराज, सिरक, तोसक, तन्ना लगायतका सामानमध्ये केही बाँकी छन् भने केही गायब भएका छन् । ‘तीन थान पलंगमध्ये दुई थान मात्र पलंग बाँकी छ,’ झाले भने ‘सामूहिक विवाह भएको स्थान विद्यालयबाट १ थान पलङ गायब भएको छ ।’

    निवर्तमान अध्यक्ष विक्रम चौधरी
    उक्त पलंग पनि अध्यक्ष चौधरीले आफ्नो घरमा लगेको स्थानीयहरू बताउँछन्। अध्यक्षले विनाभर्पाइ ती सामान लगेको र भर्पाइ गर्न पटक–पटक आग्रह गर्दा पनि नमानेको झाले बताए ।​

    वडाध्यक्षदेखि वडा सदस्यले पनि फिर्ता गरेनन् मोबाइल
    गाउँपालिकाबाट मोबाइल, ल्यापटप लगायतका सामानहरू तत्कालीन वडाध्यक्षदेखि वडा सदस्यहरूले समेत बुझे पनि फिर्ता भने गरेका छैनन्।
    वडा नम्बर ४ का वडाध्यक्ष अरुण ठाकुर र वडा नम्बर ७ का वडाध्यक्ष रुपेशकुमार झाले बुझेका दुई थान मोबाइल भने पुन: उम्मेदवारी मनोनयन गर्ने बेलामा फिर्ता गरेका थिए। तर बाँकी ५ वडाध्यक्ष र वडासदस्यहरूले हालसम्म पनि मोबाइल फिर्ता गरेका छैनन्।
    १ नम्बर वडाका वडाध्यक्ष किशोरी महतो, २ नम्बर वडाका वडाध्यक्ष ब्रम्हदेव यादव, ३ नम्बर वडाका वडाध्यक्ष किशोरी साह, ५ का वडाध्यक्ष शम्भुप्रसाद यादव र ६ नम्बर वडाका वडाध्यक्ष रामदेव हाथीले बुझेका २/२ थान मोबाइल हालसम्म फिर्ता गरेका छैनन्।

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जि​ता झा भएका बेला १/१ थान र शम्भु ठाकुर प्रमुख प्रशासकीय अधिकृत भएका बेला अर्को १/१ थान मोबाइल किनेर वडाध्यक्षहरूलाई दिइएको थियो । वडा नम्बर ४ का वडाध्यक्ष अरुण ठाकुरले भर्पाइ नै नगरी बुझेको १ थान ल्यापटप पनि हालसम्म नबुझाएको झाले बताए। त्यसबाहेक सबै वडाका वडा सदस्यहरूले बुझेको १/१ थान मोबाइल पनि फिर्ता गरेका छैनन् । सरुवा भएर गइसकेका कर्मचारीले पनि फिर्ता गरेनन् मोबाइल र ल्यापटप उक्त गाउँपालिकाका तत्कालीन जनप्रतिनिधिबाहेक सरुवा भएर अन्यत्र गइसकेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतदेखि लेखापालसम्मले बुझेका सामान हालसम्म फिर्ता गरेका छैनन् । तत्कालीन लेखा अधिकृत रामसागर यादव सरुवा भएर अन्यत्र गएको पनि लामो समय भइसक्यो। तर उनले बुझेका ल्यापटप २ थान, प्रिन्टर १ थान, भिभो मोबाइल १ थान हालसम्म फिर्ता गरेका छैनन् ।

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो अन्यत्र सरुवा भएर गइसकेका छन् तर उनले बुझेको भिभोको मोबाइल १ थान हालसम्म फिर्ता गरेका छैनन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीले बुझेको १ थान मोबाइल पनि फिर्ता गरेका छैनन्। अन्यत्र सरुवा भएर गएको लामो समय भए पनि उनले मोबाइल फिर्ता नगरेका हुन् । यी त केही उदाहरण मात्र हुन्, त्यहाँ कार्यरत प्रायःजसो कर्मचारीहरूले गाउँपालिकाबाट खरिद गरिएको मोबाइल बुझेका छन्। सरुवा भएर अन्यत्र गए पनि ती समान फिर्ता गरेका छैनन् । उक्त गाउँपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरले जनप्रतिनिधि र कर्मचारीले बुझेका सामानहरू फिर्ता गर्नका लागि औपचारिक रूपमा पत्र लेख्ने तयारी भइरहेको बताए ।‘साविकमा अध्यक्ष, उपाध्यक्षसहितले भर्पाइ नै नगरी धेरै जिन्सी सामानहरू आफ्नो निजी प्रयोजनका लागि लिनुभएको जिन्सी रेकर्डबाट देखिएको छ,’ ठाकुरले भने, ‘कतिपयले भर्पाइ नै नगरेर बुझेका सामानहरू फिर्ता पनि गरेका छन् भने कतिपयले हालसम्म फिर्ता गरेका छैनन् ।’

    तत्कालीन कार्यालय प्रमुख र अध्यक्ष समेतको आदेशमा सामानहरू खरिद भएर जिन्सीमा दाखिला भए पनि बुझ्नेहरूले भर्पाइ नगर्दा अप्ठ्यारो स्थिति देखिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑