• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदै, ‘कबड्डी ४’लाई कस्तो असर पर्ला ?

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७९, बुधबार १३:२४
  • ३२३३

    वीरगंज । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज हुँदैछन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’ र तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रम : हिट लिस्ट’ प्रदर्शन हुँदैछन् । अब प्रश्न उठ्छ, यी चार फिल्म रिलिज हुँदा व्यावसायिक कीर्तिमान कायम गरिरहेको ‘कबड्डी ४’को कमाइमा कस्तो असर पर्ला ? यो बक्स अफिस समीकरणको विश्लेषण टम क्रुजको ‘टपगन माभेरिक’बाट सुरु गरौं । खासमा गत साता रिलिज हुने निश्चित भएको ‘टपगन माभेरिक’लाई ‘कबड्डी ४’कै कारण एक साता पोस्टपोन्ड गरिएको थियो । उत्तर अमेरिकासहित विश्व बक्स अफिसमा ओपनिङ रेकर्ड राखेको यो फिल्म नेपाली मल्टिप्लेक्स दर्शकमाझ प्रतीक्षित पनि छ ।

    टम क्रुजको करिअरमै अहिलेसम्मकै उत्कृष्ट ओपनिङ भएकाले पनि यो फिल्मलाई लिएर पर्खाइ उच्च छ । नेपालको एउटा दर्शकवर्गमा टम क्रुजको फ्यान फलोइङ उच्च छ । यो फिल्मका कारण मल्टिप्लेक्समा अन्य फिल्मको कमाइ प्रभावित हुनसक्छ । बलिउड स्टार अक्षयकुमार र पूर्व मिस वल्र्ड मानुषी चिल्लर अभिनित ‘सम्राट पृथ्वीराज’ नेपाली दर्शकमाझ प्रतीक्षित अर्को एक फिल्म हो । यशराज फिल्म्सले निर्माण गरेको यो फिल्मले पनि सिंगलदेखि मप्टिप्लेक्ससम्म अन्य फिल्मलाई प्रभावित बनाउन सक्छ । दुई दक्षिण भारतीय फिल्म ‘विक्रम ः हिट लिस्ट’ र ‘मेजर’ पनि शुक्रबारै प्रदर्शन हुनेछन् । पछिल्लो समय नेपाली बक्स अफिसमा दक्षिण भारतीय फिल्मको दबदबा कायम रहँदा यी दुई फिल्म प्रदर्शन हुन लागेका हुन् ।

    नेपालमा समेत फ्यान फलोइङ भएका दुई साउथ स्टारहरु कमल हसन र विजय सेतुपाथी ‘विक्रम : हिट लिस्ट’को मुख्य भूमिकामा छन् । अदिभी शेष र साई मन्जीरकार स्टारर अर्को साउथ फिल्म ‘मेजर’ पनि रिलिज हुने भएकाले शो प्रभावित हुनसक्छ । मुलुकको दोस्रो मुख्य मल्टिप्लेक्स चेन आईएनआईका प्रमुख सुरेन्द्र थापा चार फिल्म रिलिज हुँदा ‘कबड्डी ४’को शो र कमाइमा असर पर्ने बताउँछन् । ‘नयाँ चार विदेशी फिल्ममा पनि स्टारकास्ट भएकाले कबड्डीको शो र कमाइमा असर पर्नेछ,’ उनले भने, ‘किनभने दोस्रो साता पनि कबड्डीले राम्रो कमाइ गर्न सक्छ ।’अब प्रश्न उठ्छ, चार नयाँ फिल्म रिलिज हुँदा के ‘कबड्डी ४’ले सबैभन्दा बढी कमाउने ‘छक्कापञ्जा ३’को १६ करोड ग्रसको कीर्तिमान तोड्ला ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑