औरही । धनुषामा ज्यान मार्ने उद्योगमा पक्राउ परेका वडासदस्य धरौटीमा रिहा भएका छन् । जिल्लाको सहिद नगरपालिका–८ का वडा सदस्य राकेश विराजीलाई मंगलबार जिल्ला अदालत धनुषाले धरौटीमा थुनामुक्त गरेको हो ।
उनलाई प्रहरीले ज्यान मार्ने उद्योग र डाँका मुद्दामा सोमबार पक्राउ गरेको थियो । मंगलबार उनको पेसी तोकिएको थियो ।
न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले उनलाई २५ हजार धरौटी रकम लिएर थुनामुक्त गरेका हुन् । गएको कात्तिकमा उनीसहित ९ जनाको समूहले धमेन्द्रप्रसाद छिटान यादवलाई मार्ने प्रयास गरेको आरोप लागेको थियो ।