बिरगंज । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले गरेको बचतको पाँच लाख रुपैयाँसम्मको निक्षेपको पूर्ण सुरक्षाको ग्यारेन्टी गरिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको लागी सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् संचालित सुरक्षण कार्यक्रम अन्तर्गत पाँच लाख रुपैयाँसम्मको निक्षेपको सुरक्षाको ग्यारेन्टी गर्ने घोषणा गरेको हो ।
हाल नेपाल राष्ट्र बैंकको अगुवाईमा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् प्रति व्यक्ति ३ लाख रुपैयाँसम्मको निक्षेपको सुरक्षाको प्रत्याभूती गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था कुनै कारणले वित्तीय संकटमा फँसेमा वा खारेजीमा गएमा कुनै पनि व्यक्तिले जम्मा गरेको निक्षेपको तीन लाख रुपैयाँसम्म फिर्ता दिने छ ।