• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मधेसबाट सीधै हिमाल-पहाड

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७९, बुधबार ०७:५२
  • २९७३

    बिरगंज । लमजुङमा स्वास्थ्य सेवा पुर्‍याइरहेका छन् मधेसका सर्लाही र रौतहटका युवतीथानचोक, मनाङ — मध्यतराईको रौतहटमा जन्मे–हुर्केकी रेनुकुमारी दासले स्कुले किताबमा मात्रै हिमालपारिको जिल्ला मनाङबारे सुनेकी थिइन् । एक वर्षअघि स्टाफ नर्सको पढाइ सकेर जागिर खाने धुनमा लोकसेवा भिड्नासाथै उनको नाम निस्कियो, त्यसमाथि नियुक्ति पाइन्— थानचोक स्वास्थ्य चौकी, मनाङमा ।

    ‘अनि मात्रै युट्युबमा मनाङ, चामे, थानचोक खोज्न थालें, यताको भूगोल र हावापानी देखेर खुबै रोएकी थिएँ, म मधेसमा जन्मे–हुर्केकी केटी, यो ठाउँमा कसरी टिकौंला भन्ने भएको थियो,’ चामेमा सुरु भएको तिलगंगा अस्पतालको आँखा शिविरका लागि बिरामीको ‘स्क्रिनिङ’ गरिरहेकी २५ वर्षीया रेनुले सुनाइन्, ‘यो चिसोमा बस्न थालेको एक महिना मात्रै भएको छ, फेरिएको भूगोलमा घुलमिल हुन सिकिरहेकी छु ।’

    मधेसको गर्मीबाट मनाङको हिउँमा आइपुग्नासाथ आतेश भएको रेनुले बताइन् । जेठको दोस्रो सातामै चामे, थानचोकको शून्य डिग्री तापक्रम अनुभव गरेकी उनका लागि हिमाली बसाइको सबैभन्दा राम्रो पक्ष भनेकै यहाँका मान्छे हुन् । ‘मनाङ जिल्लामा काम गर्नुपर्ने भनेर छानिँदा सुरुमा म रोएकी थिएँ तर यहाँका मानिस निकै सजिला रहेछन्, बानी पर्न समस्या भएन,’ उनले सुनाइन् । थानचोकमा रहेका ३६ घरका बासिन्दालाई यो स्वास्थ्य चौकीले सेवा दिने रहेछ ।

    आफ्नो पढाइ तीनवर्षे स्टाफ नर्सको भए पनि सरकारी सेवा सुरु गर्न रेनु एक तहमुनिको अनमी पद स्विकार्दै थानचोक आएकी हुन् ।

    मधेसी समाजमा छोरी–बुहारीलाई पढाइदेखि घरबाहिर टाढा गएर काम गर्न वा एक्लै हिँड्न निकै कडाइ रहने गरेको आफूले देख्दै आएको भए पनि आफ्नो परिवारमा यस्तो स्थिति नरहेको उनले सुनाइन् । ‘मेरो २० वर्षकै उमेरमा बिहा भएको हो तर बिहा गरेर गए पनि श्रीमान् राजेशकुमारको सहयोग र हौसलामा मैले स्टाफ नर्ससम्म पढ्न पाएँ, उहाँकै प्रेरणाले लोकसेवामा आएकी हुँ,’ उनले भनिन् । मनाङ पोष्टिङ परेपछि गत वैशाख पहिलो साता श्रीमतीलाई थानचोक स्वास्थ्य चौकीसम्म छाड्न श्रीमान् राजेश आफैं आएका रहेछन् । राजेश पनि अहिले सुब्बा पदमा लोकसेवा दिने तयारीमा काठमाडौं बसेर पढिरहेका छन् ।

    सर्लाही घर भएकी निधि जैसवाल पनि भर्खरै २० वर्ष लागिन्, जो पहिलोपटक मधेसको आफ्नो थातथलो छाडेर पहाडी जिल्ला लमजुङको दोर्दी गाउँपालिकाभित्रको अर्चलबोट स्वास्थ्यचौकीमा अनमी बनेर आएकी छन् । उनले गौर नर्सिङ इन्स्टिच्युटबाट स्टाफ नर्सको पढाइ पूरा गरेकी छन् । ‘पहाड विकट हुन्छ भन्ने थाहा थियो तर यति विकट भन्ने थाहा थिएन,’ निधिले भनिन्, ‘सरकारी जागिरमा रहेका आफ्ना काका र मामाले भनेकै कारण मैले लोकसेवा भिडेकी हुँ । नाम निस्किएपछि नियुक्ति यो पहाडी गाउँमा भएको छ, यतैको हावापानीमा भिज्ने प्रयास गरिरहेकी छु ।’ लमजुङ सदरमुकाम बेंसीसहरबाट ३ घण्टा गाडीमा पुगिने अर्चलबोटको प्रकृति, मान्छे, मौसम र गुरुङ संस्कृति आफूलाई मन पर्न थालेको निधिले सुनाइन् ।

    रेनु र निधि दुवैले पढाइभन्दा एक तहमुनिको पदमा सरकारी जागिर पाए पनि अहिले काममा बानी बसाल्न र घर छाडेर टाढा गएर काम गर्न अभ्यासका लागि हिमाल–पहाड आइपुगेका हुन् । रेनु र निधि दुवैले आगामी महिना हुन लागेको स्टाफ नर्स पदको लोकसेवा परीक्षा दिने तयारी गरिरहेका छन् ।

    थानचोक स्वास्थ्य चौकीका प्रमुख अहेब सूर्यमोहन पौडेलले स्टाफ नर्स पढाइ पूरा गरेर अनमी तहमा काम गर्न आएकी रेनुको काम र मिहिनेती स्वभावको खुलेर प्रशंसा गरे । ‘सामान्यतः नयाँ स्वास्थ्य कर्मचारी आउँदा काम सिकाउनुपर्ने वा अभ्यास गराउनुपर्ने अवस्था रहन्थ्यो तर रेनु स्टाफ नर्सको पढाइ सकेर काममा आएकाले कुनै अभ्यस्त स्वास्थ्यसेवीझैं काम गरिरहेकी छन्,’ उनले भने, ‘मधेसको प्रतिनिधि भए पनि स्थानीय बासिन्दासँगको घुलमिल र बोलीचालीले स्वास्थ्य चौकीमा काम गर्न सजिलो भएको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑