• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाइ बाँकी

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७९, बुधबार ०९:५५
  • ३१०९

    बिरगंज । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

    विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुरस्तक अभाव भएको हो ।

    सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघिनै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो ।

    जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

    जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रशितत छपाइ भइरहेको जनाएको छ । ‘यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्य पुस्तक छाप्नु पर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौ, बाँकी पुस्तक असार पहिलो सातासम्म छपाई सक्छौ र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन्’, झाले भने ।

    केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाउँदै उनले काठमाडौँ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताए । बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक/दुई ट्रक पठाइ रहेको पनि उनले जानकारी दिए ।

    केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाइ हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलाई भएको दाबी गरे । उनले देशभर पुस्तक अभाव भनेर हल्ला भएझै नभएको दाबी गरे ।

    ‘शैक्षिक सत्र सुरु हुनुभन्दा १५ दिन अगाडिनै पुस्तक बिक्री वितरण हुनुपथ्र्यो, यस वर्ष स्थानीय तह निर्वाचनले गर्दा जेठ ९ गतेबाट मात्रै पुस्तक वितरण सुरु भयो, फेरि बाहिर हल्ला भएझैं सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेटमा एक दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हात हातमा पुग्छ’ उनले भने ।

    कक्षा ४, ७ र ९ को कोर्ष नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उनले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै कुनै जिल्लामा मात्रै अपुग रहेको दाबी गरे । यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएकाले केही विषय बजारमा अभाव भएकाले त्यस्ता विषयको पुस्तक बढी छाप्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

    कागजको नियमित आपूर्ति नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाईलाई बिशेष ध्यान दिएर त्यसमै जनशक्ति एवं छापाखाना प्रयोग गर्नु पर्दा पुस्तक छपाईमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्यले बताए । अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख ५ हजार थान पुस्तक छाप्दै आएको उनले जानकारी दिए ।

    यसैबीच केन्द्रले पुस्तक छपाईमा ढिलाई गरेपछि संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिलेसमेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो । उनले रुस–युक्रेनबीचको युद्वका कारण कागज नआउदा र स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताए ।

    असोज २४ गते चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता कागज सप्लायर्ससँग गरिए पनि त्यस बीचमा रूस–युक्रेन युद्ध सुरु भए पछि कागज आपूर्तीका समस्या भएकाले पुस्तक पछाईमा ढिला भएको दाबी केन्द्रको छ ।

    समितिले एक महिनाभित्र पुस्तक छापेर पुस्तक विद्यार्थीसम्म पुर्‍याउन निर्देशन दिएको थियो भने गत आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केन्द्रको अनुगमनमा जाँदा सार्वजनिक बिदा मनाउन घर बसेका झा केन्द्रमा भेटिएका थिएनन् ।

    मन्त्री पौडेल अनुगमनका क्रममा केन्द्रका प्रबन्ध सञ्चालक झालाई यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउन निर्देशन दिएका थिए ।

    कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला र अभाव नहोस् भन्दै मन्त्री पौडेलले निर्देशन दिँदा झाले त्यसबेला यस वर्ष कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला नहुने प्रतिबद्धता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑