• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिक्वेलको जित, सर्जकको हार : कबड्डी-४

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७९, मंगलवार २३:३२
  • २३२१

    बिरगंज । दक्षिण एसियामा एउटा सुन्दर खेल छ, कबड्डी। दुई टिममा बाँडिएका छन्, सात–सात खेलाडी। अनि बीचमा एउटा रेखा हुन्छ। एउटा टिमको खेलाडी त्यही रेखा नाघेर ‘कबड्डी-कबड्डी-कबड्डी’ भन्दै विपक्षीको मैदानमा पुग्छ। विपक्षीका खेलाडीलाई ऊ छोएर फर्किन खोज्छ, विपक्षी उसलाई पक्रन खोज्छन्।

    जसरी अर्काको एरियाभित्र छिरेर जतिसक्दो धेरै उसका सदस्यलाई छोएर ‘आउट’ गर्न खोज्नु एउटा खेलाडीको रणनीति हुन्छ, उति नै आफ्नो एरियामा छिर्नेलाई रोक्न खोज्नेको हुन्छ। एउटाले छुन खोज्नु, अर्को पकड्न, यही नै ‘कबड्डी’को सौन्दर्य हो। यहाँ यसरी जसले बढी अंक जोड्न सक्छ, खेल उसैले जित्छ।

    निर्देशक रामबाबु गुरुङ नेपाली फिल्मका यस्तै एक खेलाडी हुन्, जो चौथोपटक दर्शकसँग कबड्डी खेलिरहेका छन्। तर, विडम्बना उही पुरानै रणनितीसहित।

    एकछिन सोचौँ त, कोही खेलाडी विपक्षीलाई पछार्न सधैँ उही रणनिती बनाउँछ भने खेलको परिणाम के आउँला?

    पक्कै उसले हार्छ। यद्यपि कहिलेकाहीँ अपवादमा टिमले जित्न पनि सक्छ तर त्यो खेलाडीले नि? पक्कै उसले जितेको महसुस गर्दैन।

    ‘कबड्डी–४’ हेरेपछि लाग्यो, यो रामबाबुले दर्शकसँग खेलेको यस्तै एउटा फिल्म हो, जहाँ सिक्वेलले त जित्यो होला तर सर्जकले हारेका छन्। अर्थात्, बक्सअफिसमा पैसा त थुप्रियो होला तर नेपाली फिल्मको सिर्जनात्मक श्रीवृद्धिमा योगदान गर्न सकेन।

    ‘कबड्डी’ चौथो सिक्वेलसम्म आइपुग्दा निर्देशक रामबाबु गुरुङले यो फिल्मबाट पैसाबाहेक प्राप्त गरेका अर्को ठूलो सफलता के हो?

    सायद यो फिल्मको प्रमुख पात्र वीरकाजी (दयाहाङ राई)प्रति बटुल्न सकिएको बलियो सहानुभुति नै हो। हरेक भागमा काजीको बिहेको कबड्डी चलिरह्यो तर उनले मनपराएका सोल्टिनीहरु सधैँ अर्कैसँग भागिरहे। तैपनि काजीप्रति दर्शकको सहानुभुति घटेन। बरु हरेक भागमा काजीको बिहे सोल्टिनीसँग भएको देख्न चाहिरहे।
    यसपटक पनि नयाँ भनेको सोल्टिनी नै हुन्, मास्टर्नी शान्ति (मिरुना मगर)। वीरकाजीको मण्डपबाट बेहुली भागेको दृश्यसँगै यो फिल्मको सुरुवात हुन्छ। पटक पटक आफूले रोजेको सोल्टिनी अर्कैले भगाएपछि वीरकाजी प्रेमसँग थाक्छन्। विरक्तिएर उनी घर छाडेर भिक्षु बन्न जान्छन्। केटीप्रतिको आशक्ति पुरै हट्छ। माछामासु, मद्यपानसँगै झैझगडा सबै त्याग्छन्।

    यही क्रममा ठोक्किन आइपुग्छिन्, नयाँ सोल्टिनी। त्यो पनि काजी व्यवस्थापन समितीको अध्यक्ष रहेको विद्यालयमा ‘मास्टर्नी’ बनेर। तर यसपटक काजी होइन, सोल्टिनी उनको पछि लाग्छिन्। अनि सोल्टिनीको पछि बमकाजी। जो शहरबाट भर्खरै मास्टर्स गरेर फर्किएका छन्। एकातिर छन्, बिहे नै नगर्ने निष्कर्षमा पुगेका काजी। अर्कातिर सोल्टिनीलाई पाउन मरिहत्ते गर्ने बमकाजी। यो अवस्थामा सोल्टिनी कसकी हुन्छिन्, यही नै यो फिल्मको कथा हो।

    पटकथा कमजोर हुँदा फिल्ममा न नयाँपन छ, न रोमाञ्चकता। उही पहिलेझै संवादको आडमा दर्शक हसाएर कमजोरी ढाक्न खोजिएको छ। कबड्डीको दोस्रो सिरिजमा आफ्नै दाइले मनपराएको सोल्टिनीलाई भगाउने बमकाजीलाई वीरकाजीले सहजै जागिर दिनुपनि विश्वसनिय लाग्दैन। त्यस्तै झाक्रीलाई कथाको आवश्यकताभन्दा बढी स्थान दिइएको छ। सिन लम्ब्याउने नाममै उनलाई मुखियाको घरमा जर्बजस्ती रहन बाध्य पारिन्छ।

    सिक्वेलसँगै समय परिवर्तन देखाउन निर्देशकले पात्रहरुलाई गाडी त चढाएका छन्, फोन पेबाट बिल त तिराएका छन् तर प्रेम प्रस्तावका लागि चाँहि उही परम्परागत शैलीमा ‘लभ लेटर’ नै लेखाएका छन्। फोन-पे पुगेको गाउँमा सोसियल मिडिया कसरी पुगेन होला, यो देख्दा सोच्न बाध्य बनाउँछ।
    प्रायः सिनेमाको पर्दामा बलियो देखिने सौगात मल्ल यो सिनेमामा भने नाटकको स्टेजमा झै ‘लाउड’ देखिएका छन्। यतिबेला समीक्षक नविन सुब्बाको भनाइ सम्झिन मन लाग्छ, ‘नाटक र सिनेमाबीचको अभिनय फरक हुन्छ। तर, नाटकबाट आएका कलाकारले यो भिन्नता ठम्याउन नसकेर फिल्मलाई बिगारिरहेका छन्।’ मास्टर्नी सोल्टिनी बनेकी मिरुना गुरुङले आफ्नो पात्रमा इमान्दार प्रयत्न गरेकी छन्। गौमाया गुरुङले निभाएको भट्टी पसल्नीको पात्रलाई पनि दर्शकले ‘इन्जोय’ गर्छन्। विजय बराल र बुद्धि तामाङको अभिनय उही अघिल्ला सिरिजको जस्तै हो।

    सधैँ फिल्म समीक्षा गर्दा अन्त्यमा दर्शकलाई केही भन्न मन लाग्छ। यसपटक भने फिल्मकर्मीलाई भन्न मन लाग्यो, ‘के तपाई फिल्मकर्मी हो र पैसा कमाउन चाहन्छु ? त्यसोभए सिक्वेल बनाउनुस्। तर, यदि तपाई त्यस्तो फिल्मकर्मी जो दर्शकलाई सुन्दर सिर्जना दिन चाहनुहुन्छ, त्यसोभएचाँही ओरिजिनल फिल्म नै बनाउनुस्।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑