काठमाडौं । सरकारले घरेलु तथा यौन हिंसामा परेका महिलाहरूको पुनःस्थापनाका लागि आवास निर्माण गर्ने भएको छ ।
आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत सरकारले यस्तो नीति सार्वजनिक गरेको हो ।
बजेटमा घरेलु हिंसा र यौन हिंसा पीडितकाे लागि आवास निर्माण गर्न बजेट विनियोजन गरेको उल्लेख छ । यस्तै, द्वन्द्वको समयमा यौन हिंसामा परेकाहरूलाई काउन्सिलिङ र पुनःस्थापनाका लागि पनि बजेट विनियोजन गरिएको छ ।