काठमाडौं । सरकारले २ घण्टामा सगरमाथा क्षेत्र अवलोकन गर्ने गरी पूर्वाधार निर्माण कार्य गर्ने योजना अगाडि सारेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सो जानकारी दिए । उनले सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गर्दै निजी क्षेत्रमार्फत द्रुत मार्ग निर्माण गर्ने जानकारी दिए ।
यस्तै, मुक्तिनाथ र उपल्लो मुस्ताङलाई जोड्ने सडक विस्तार गर्ने पनि उनले जानकारी दिए ।