काठमाडौं । सरकारले वैदेशिक लगानीको सीमा पुनरावलोकन गर्ने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी लगानीको सीमा २ करोड कायम गरिने बताए ।
उनले १० करोडसम्मको विदेशी लगानी स्वचालितबाट हुने व्यवस्था मिलाइने पनि बताए ।