काठमाडौं । सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवास दिलाउने भएको छ ।
आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन र दलितलाई आवास उपलब्ध गराइने बताए ।