• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यातयात क्षेत्रमा समस्यै समस्या

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०७९, आईतवार १०:१३
  • २५४५

    बागलुङ । बागलुङका यातयात व्यवसायी विष्णु अधिकारी काठमाडाँै गएको समयमा सवारी जाँचका क्रममा चालक अनुमतिपत्र (लाइसेन्स) प्रहरीले राख्छ । सवारी र चालक बागलुङ फर्किन्छन् । लाइसेन्स ल्याउन पुन काठमाडौँ जानुपर्ने समस्या, त्यो पनि कतिदिनमा लाइसेन्स भेटिन्छ टुङ्गो छैन ।

    “लाइसेन्स लिन काठमाडौँ जाँदा ट्राफिक प्रहरी परिवर्तन भइसक्छ उस्तै परे लाइसेन्स हराउँछ, कम्तीमा हामीले राजस्व जम्मा गरेपछि बागलुङ पठाउने व्यवस्था ट्राफिक प्रहरीले गर्नुपर्दछ” उहाँले भन्नुभयो “आफ्नो सवारी बागलुङबाट म्याग्दी जाँदा अस्थायी रुट परमिट ल्याउनुपर्छ त्यसपछि पुन बागलुङ हुँदै कुस्मिशेरा जानु पर्ला एक दिनमा कति पटक रुट परमिट लिने, कति पटक शुल्क बुझाउने, साविक धौलागिरिका जिल्लामा एउटै रुट परमिट लागू गर्दा राम्रो हुन्थ्यो ।”

    यस्तै बागलुङका अर्का यातयात व्यवसायी उमेश केसीले सवारी साधन नगरपालिका र यातयात व्यवस्था कार्यालयले किनेर चलाउन चुनौती नै दिनुभयो । “यातयात व्यवसायीको समस्या कस्ले बुझ्ने, कोरोनाले सबै ऋणमा डुबेका छन्, तेलको भाउले भाडाले सवारी थाम्नै गाह्रो भएको छ, चार वर्ष बागलुङ–पोखरा सडक निर्माणाधीन हुँदा कच्ची जस्तै थियो त्यतिबेला भाडा बढाउने कसैले चासो दिएनन्” उहाँले भन्नुभयो “अहिले बाटो सुधार भयो भाडा बढी भयो भनेर हैरान पारेका छन्, त्यतिबेला कच्ची बाटोमा हाम्रा सवारीसाधन कसरी गुडका थिए कसैको ध्यान गएको थियो, मत भन्छु नियमन गर्ने निकायले एक÷दुई वटा सवारी किनेर गुडाओस् न अनि बल्ल हाम्रो समस्या थाहा हुन्छ ।” उहाँले पुरानो कानुनका कारण यातयात व्यवस्थापन क्षेत्रमा समस्या नै समस्या भएको भन्दै विस्तारै यातयात व्यवसायीहरु धरासायी बन्दै गएको बताउनुभयो ।

    यातयात व्यवसायीको मात्रै हैन ट्राफिक प्रहरीहरुको समेत समस्या उस्तै छ । सरकारले स्मार्ट लाइसेन्स वितरण गर्न थालेको वर्षौ भयो सँगै एम्बोस्ट नम्बर प्लेटसमेत । तर अहिलेसम्म उक्त लाइसेन्स र नम्बर प्लेट रिड गर्ने औजार ट्राफिकसँग छैन ।

    जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले सवारी जाँचका क्रममा अधिकांशले ब्लुु–बुक यातयात कार्यालयमा रहेको भन्नुहुन्छ तर हामीले तत्कालै त्यहाँ छ वा छैन भनेर हेर्ने संयन्त्र छैन त्यसैले सवारी साधन जाँच गर्दासमेत समस्या देखिन्छ । “लाइसेन्स तथा ब्लु–बुक नभएकाले यातयात कार्यालयमा नवीकरणका लागि दिएका छौँ भन्नुहुन्छ” व्यवसायी केसीले भन्नुभयो “ट्राफिक प्रहरीले तत्कालै बुझ्ने कुनै संयन्त्र छैन, हामीले चिट काट्नुको विकल्प हुँदैन, चालकहरुले यातयात व्यवस्था कार्यालयले ढिलाइ गर्दा आफ्नो ब्लु–बुक नआएको गुनासो गर्नुहुन्छ, यातयात कार्यालयले छिटो लाइसेन्स र ब्लु–बुक नवीकरण गरिदिनु प¥यो, हैन भने यातयातले लाइसेन्स तथा ब्लु–बुक नवीकरका लागि राख्दा जानकारी पत्र जस्तो दिनुप¥यो ।”

    यातयात व्यवसायीको यस्तै गुनासो सुन्ने र समाधान गर्ने उद्देश्यले साविक धौलागिरिका पर्वत, म्याग्दी र बागलुङका यातयात व्यवसायी, ट्राफिक प्रहरी, पत्रकारहरु र सरोकारवाला निकायबीच यातयात व्यवस्था कार्यालय कास्की सवारी कार्यालयको आयोजनामा बागलुङमा गरिएको अन्तरक्रियामा यातयात सेवा व्यवस्थापन, समस्या, चुनौती र समस्या समाधान विषयक बागलुङमा शनिरबार आयोजित अन्तरक्रिर्या कार्यक्रममा व्यक्त भएका प्रतिनिधि समस्या मात्रै हुन् यिनीहरु ।

    यातयात क्षेत्रमा लाइसेन्स लिनेहरुको समेत समस्या उस्तै छ । लाइसेन्स लिनकै लागि वर्षौ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहभागीहरुले यातयात कार्यालयलाई आग्रह गरेका थिए । यातयात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालले यातयात व्यवस्था कार्यालय अब पूरै डिजिटल हुने भन्दै नागरिकलाई छिटो र छरितो सेवा दिन सहयोग पुग्ने र विचौलियाविहीन कार्यालय बनाइने बताउनुभयो ।

    उहाँले यातयात व्यवसायीलगायतको गुनासोका आधारमा आगामी दिनमा यातयात व्यवसाय कार्यालयले सवारी साधनको अनुगमन, दर्ता, लाइसेन्सलगायतका काममा सुधार गर्दै जाने बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङमा ट्राफिक व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गरेर पार्किङको व्यवस्था गरेर ट्राफिक जाम कम गर्ने जानकारी दिनुभयो । यस्तै बेनी नगर प्रमुख सुरत केसीले यातयातसम्बन्धी सानो कामका लागिसमेत बागलुङ धाउनुपर्ने कार्यको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा यातयात व्यवस्था कार्यालय कास्की सवारी कार्यालयका प्रमुख डिल्लीराम रिजाल तथा यातयात व्यवस्था कार्यालय कास्की लाइसेन्सका प्रमुख प्रेम सुवेदीले अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै यातयात र लाइसेन्स क्षेत्रमा भएको काम, समस्या, चुनौती र समाधानका विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑