• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महागढिमाई नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण सम्पन्न

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७९, शनिबार १६:५४
  • ३१२५

    बारा l बाराको महागढिमाई नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले एक समारोहका बिच सपथ ग्रहण तथा पदभार ग्रहण गराईएको छ । नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले नव निर्वाचित उप मेयर तारा देबि कानु सहित समस्त वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ खुवाएका हुन । सो अवसरमा निर्वाचित ११ वडाका अध्यक्षहरु क्रमशः मनोज कुमार गुप्ता,बिश्वनाथ प्रसाद कुसश्वाह,उपेन्द्र प्रसाद जयस्वाल,मनोज कुमार जयस्वाल,गजेन्द्र प्रसाद जयस्वाल,गेनालाल यादव,सिवेन्द्र प्रताप सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन साह र अरबिन्द बन्ठा सहित सम्पुर्ण वडाका सदस्यहरुको उपस्थिति रहेको थियो । नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई फुल माला अबिर लगाएर स्वागत गर्दै सम्मान गरिएको छ ।कार्यक्रममा नव निर्वाचित मेयर यादवले कार्यक्रममा सम्बोधन गर्दै नगरपालिकाका समस्त जनतालाई धन्यवाद दिएका छन ।

    नगरपालिकाको अधुरो सबै काम पुरागर्ने जिम्मेवारी यहाका जनताले मेरो काधमा जिम्मा दिएको प्रती आफुले त्यसलाई पूरा गर्ने बताए । यादवले हिजोको सारा बाचा आफुले पूरा गर्ने बताए । यादवले आज आफुले सपथ खाएर पदभार ग्रहण गर्दै नगरपालिका बासिको सेवकको रुपमा अहोरात्र सेवा गर्ने बताए । नेपाली काङ्ग्रेस मधेस प्रदेश उप सभापति चन्द्र शेखर यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काङ्ग्रेस बाराका सचिव भैयाराम यादव,शिक्षक संघ बाराका अध्यक्ष परमहन्श यादव,समस्त पार्टी प्रतिनिधि,नागरिक समाजका अगुवा,सन्चारकर्मी सहित हजारौ नगरबासिको उपस्थिति रहेको थियो । महागढिमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत महमद सेरे मुस्तुफाले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षा शाखाको प्रमुख रामबिश्वास चौरसियाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑