काठमाडौं । प्रदेश – १ का आर्थिक मामिला ताथ योजना मन्त्री इन्द्रबहादुर आङ्वोले विनाअध्यायनको कर छुटले देशलाई थप संकट निम्त्याउने बताएका छन् । मन्त्री आङ्वोले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आयातित वस्तुको कर घटाएर खपत बढाउने भन्ने कुरा अर्थसम्बन्धि अनविज्ञता र क्षणिक लोकप्रियताको उपज भएको उल्लेख गरेका छन् । त्यस्तैगरी सामाजिक सुरक्षा एवं अनुत्पादक क्षेत्रमा हुने लगानिको प्रतिस्पर्धाले अर्थतन्त्रमा थप संकट आउनसक्ने उनले चेतावनीसमेत दिएका छन् ।
उनले सार्वजनिक जिम्मेवारीमा रहेका सबैले बेलैमा सचेत बन्नुपर्ने उल्लेख गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित विभिन्न पालिका प्रमुख तथा पदाधिकारीहरुले कर छुट तथा अनुत्पादक क्षेत्रलाई प्रत्साहन गर्ने योजना जनतासामु सुनाइरहेका छन् । उक्त आश्वसनहरुलाई लक्षित गर्दै मन्त्री आङ्वोले निर्वाचित पदाधिकारीहरुलाई विवेशसंगत आर्थिक व्यवहारका लागि सचेत गराएको बुझिन्छ ।
आङ्वोको भनाई
आयातित वस्तुमा कर घटाएर खपत बढाउने, विनाअध्ययन क्षणिक लोकप्रियताको निम्ति राजश्वको विभिन्न क्षेत्रमा छुटको घोषणा गर्ने, सामाजिक सुरक्षा एवं अनुत्पादक क्षेत्रमा हुने लगानिको प्रतिस्पर्धाले अर्थतन्त्रमा थप संकट आउँछ। सार्वजनिक जिम्मेवारीमा रहेका सबैले बेलैमा सचेत बनौं अनि घाँटी हेरि हाड निलौं है ।