वीरगंज । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा २ ट्रक एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ ।
शनिवार बिहान ५ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।
चितवनका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले सडक एकतर्फी सञ्चालन गरिएको जानकारी दिए । सडक एकतर्फी मात्रै सञ्चालन हुँदा सवारीसाधनको जाम भएको छ ।