• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालेनको काँधमा काठमाडौं

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७९, शनिबार ०९:३८
  • ४६९३

    काठमाडौं । पुराना र चल्तीका राजनीतिक दलका क्रियाकलापबाट आजित काठमाडौं महानगरका मतदाताले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानमार्फत जनविद्रोह गरेका छन् । काठमाडौंका मतदाताले राजनीतिक दलका उम्मेदवारलाई पाखा लगाउँदै गैरराजनीतिक रूपमा महानगरको प्रमुख पदमा उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई काठमाडौंको नेता चुनेका हुन् । काठमाडौं महानगरका मतदाताको यो मताधिकारको निर्णयसँगै काठमाडौं महानगरको नेतृत्व स्वतन्त्र उम्मेदवार बन्दै निर्वाचित बनेका ३२ वर्षे बालेनको काँधमा पुगेको छ । साहले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौं महानगरको प्रमुख पदमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत पाएकी हुन् ।

    शुक्रबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले काठमाडौं महानगरको प्रमुखमा साह निर्वाचित भएको घोषणा गरेको हो । महानगरको प्रमुखमा प्रतिस्पर्धामा रहेकी सिंह गणेशमान सिंहकी बुहारी तथा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी हुन् । साहले काठमाडौं महानगरको प्रमुखमा एमालेबाट उम्मेदवार बनेका काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितलाई तेस्रो स्थानमा रोकिदिए । सिंहले ३८ हजार ३ सय ४१ मत र स्थापितले भने ३८ हजार १ सय १७ मत प्राप्त गरेका छन् । स्थापित २०५४ को स्थानीय निर्वाचनमा ८४ हजार बढी मत ल्याएर काठमाडौंको मेयर बनेका थिए । निर्वाचित भएको घोषणा लगत्तै उनले आफूले निर्वाचनको परिणामलाई एउटा सुरुवातका रूपमा लिएको बताए । सो क्रममा साहले काठमाडौंलाई विश्वकै सुन्दर सहरका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे ।

    ‘आजको दिन सुरुवात हो, जुन निर्वाचनको परिणाम आएको छ, यो हाम्रो कार्यको सुरुवात हुनेछ, अबको पाँच वर्षमा आफ्नो भिजन र एजेन्डालाई पूर्णरूपमा सम्पन्न गर्ने हाम्रो धारणा छ,’ काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख साहले भने । उनले अघि थपे, ‘हामी सबै मिलेर काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैसँग सहकार्य गर्नेछौं ।’

    को हुन् बालेन ?
    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित बनेका ३२ वर्षे बालेन्द्र साह (बालेन) अहिले चर्चामा छन् । उनीको हुन् भन्ने चासो सर्वत्र छ । काठमाडौं महानगरका नवनिर्वाचित मेयर साहको पुख्र्याैली घर महोत्तरीको एकडारा गाउँपालिका–२ हो । हाल उनको काठमाडौं महानगर वडा नम्बर ९ गैरीगाउँमा बसोबास छ । उनी आमा कुवदेवी साह र बुवा डा. रामनारायण साहका छोरा हुन् । उनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिनदार थिए । बालेनका बुवा डा. रामनारायणले गाउँको १० कट्ठा जग्गा मन्दिरका लागि दान दिएका छन् भने उनको पुर्खौली घरमा अहिले एकडारा गाउँपालिका कार्यालय छ । उनी परिचय आमनेपालीमाझ भने गीत लेखन, गायन, निर्देशनसँगै र ¥याप गीतमार्फत रहँदै आएको थियो । शुक्रबारबाट भने उनी काठमाडौंको मेयर बनेका हुन् । उनी पेसाले स्ट्रक्चरल इन्जिनियर पनि हुन् । ३२ वर्षे बालेल कम बोल्ने र अरूका कुरा धेरै सुन्ने क्षमता राख्छन् । उनको यो स्वभावले उनलाई कार्य क्षेत्रमासमेत फरक बनाइदिएको बताइन्छ ।

    काठमाडौं महानगरको मेयर बनेका बालेनले शिक्षामा सुधार गर्ने, इन्फ्रास्ट्रकचर एम्बुलेन्स, यातायात व्यवस्थापन, नगरप्रहरी बढाउने, सरसफाइ कर्मचारी थप्ने, १० हजार सीसीटीभी जडान गर्ने, सपिङ मललाई पार्किङ लटमा परिणत गर्नेजस्ता आधारभूत र महत्वाकांक्षी बुँदा घोषणापत्रमा सार्वजनिक गरेका थिए । उनले घोषणापत्रमा उल्लेख ती बुँदामा आधारित रहेर काठमाडौंलाई सिंगापुर होइन काठमाडौं नै बनाउनुपर्ने भन्दै वकालत गर्दै आएका थिए । साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमामा स्नातक गरेका छन् । यस्तै, उनले भारतको कर्नाटकबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । साहले पूर्वाधार, बाटो, विद्यालय, अस्पताल व्यवस्थापनदेखि शिक्षा सुधार र फोहोर व्यवस्थापनबाटै नगरका कामको थालनी गर्ने बताएका छन् ।

    यस्तै, भौतिक पूर्वाधार निर्माणको योजनासँगै काठमाडौंको सडकका खाल्टाखुल्टी पनि तत्काल पुर्ने काम सुरुवाती चरणमा गर्ने उनको भनाइ छ । उनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिक रूपमा सञ्चालन गर्ने, फोहरको दीर्घकालीन समाधान, अव्यवस्थित रूपमा सहरलाई कुरुप पार्नेगरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्न सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने बताएका छन् ।

    बालेन पहिलो दिनमै पुगे सिसडोल
    काठमाडौं । काठमाडौंका मेयर बालेन साह निर्वाचित भएको २४ घण्टा नबित्दै शुक्रबार नुवाकोटको सिसडोल र बन्चरेडाँडा पुगेका छन् । काठमाडांैको फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका बालेन सोहीअनुसार फोहोर व्यवस्थापनको दीर्घकालीन उपायको खोजी गर्न सिसडोल पुगेका हुन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्र अवलोकनमा पुगेका हुन् । उनले फोहोरको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उपाय पहिचान गरिने बताएका छन् । उपत्यकाको फोहोर व्यवस्थापन हुने सो ठाउँमा पटकपटक अवरोध हुने गर्दा उपत्यकामा फोहोर थुप्रने समस्या रहँदै आएको छ । बालेन त्यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ भनेर उपायको खोजी गर्न त्यहाँ गएको कर्मचारीहरूले बताएका छन् । बालेन काठमाडांै महानगरपालिकाको मेयरमा निर्वाचित भए पनि उनले शपथ लिएर औपचारिक कामको थालनी भने गरिसकेका छैनन् । औपचारिक काम थाल्नुअघि नै बालेन सिसडोल पुगेर काठमाडांैमा व्याप्त फोहोरको समस्या समाधान गर्न आपूm सुरुदेखि नै प्रयासरत रहने संकेत दिएका छन् । उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउनेसमेत बताए । साह मेयरमा निर्वाचित भएको शुक्रबार घोषणा गरिएको थियो ।

    बालेनका काठमाडौं बनाउने एजेन्डा र योजना
    – शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार पहिलो प्राथमिकता
    – महानगर क्षेत्रका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिने
    – पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरण निर्माण गरिने
    – गुरु र शिष्यबीचको सम्बन्धलाई गाढा बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने
    – पाठ्यक्रममा परिवर्तन गरिने
    – पूर्वाधार र विद्यार्थी नभएका विद्यालयलाई ‘मर्ज’ गरिने
    – महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गरिने
    – अहिले भइरहेको ‘बोरिङलाई नै व्यवस्थित गरी खानेपानी उपलब्ध गराउने
    – फोहोरको शीघ्र व्यवस्थापन, ठाउँठाउँमा इन्सिनरेटर (फोहोर जलाउने मेसिन) राखेर फोहोरको मात्रालाई एक प्रतिशतमा झार्न प्रयास गरिने
    – युवाहरूलाई रोजगारी सिर्जना गरिने
    – ट्राफिक समस्याको शीघ्र व्यवस्थापन गरिने
    – विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न लगानी बढाइने
    – पूर्वाधार निर्माणमा उचित समन्वय गरिने
    – विकास निर्माण र योजना कार्यान्वयनको प्रभावकारी अनुगमन गरिने
    – बाटामा हुने खाल्टाखुल्टी तत्काल मर्मत गर्न ‘इन्फ्रास्टक्चर एम्बुलेन्स’को व्यवस्था गरिने
    – प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रूख रोपिने
    – महानगरलाई हराभरा बनाउन ‘भर्टिकल गार्डेन’को व्यवस्था गरिने
    – होर्डिङ बोर्ड र तारको व्यवस्थापनसम्बन्धी नियमको कडाइका साथ पालना गरिने
    – सार्वजनिक शौचालयको व्यवस्थापन गरिने
    – कला, संस्कृति, सम्पदा र सभ्यतालाई जीवन्त राख्न कुनै कसर बाँकी नराखिने
    – उपत्यकाका सबै पालिकास“ग समन्वय गरेर अघि बढिने

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑