• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७९, शुक्रबार १५:३७
  • २४७७

    काठमाडौँ,१३ जेठ । स्थानीय निर्वाचन सकिएर एकाध बाहेक अधिकांश पालिकाको मत परिणाम आइसकेको छ । निर्वाचन परिणाम अनुसार सात प्रदेशको राजधानी रहेका पालिकामा कांग्रेस र एकीकृत समाजवादीले समान २–२ प्रदेश राजधानी भएको पालिका जितेको छ । बाँकी ३ प्रदेश रहेका पालिका स्वतन्त्र सहित एमाले र माओवादीले जितेका छन् । कांग्रेसले प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका र सुदूरपश्चिम प्रदेशको राजधानी भएको गोदावरी नगरपालिका जितेको छ । विराटनगरको मेयर पदमा कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । उनले एमालेका सागर थापालाई हराएर विजयी भएका हुन् । सुदूरपश्चिम प्रदेशको राजधानी भएको कैलालीको गोदावरी नगरपालिकाको प्रमुख पद कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् । उनले एमालेका गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतले हराएर जितेका हुन् ।

    यस्तै एकीकृत समाजवादीले बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिका र गण्डकी प्रदेशको राजधानी रहेको पोखरा महानगरपालिका जितेको छ ।गण्डकी प्रदेशको राजधानी भएको पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले जितेका हुन् । उनले एमालेका आफ्ना पूर्व सहकर्मी कृष्ण थापालाई हराउँदै जित हासिल गरे । अघिल्लो निर्वाचनमा पोखरा महानगर एमालेले जितेको थियो । यस्तै बाग्मती प्रदेशको राजधानी भएको हेटौँडा उपमहानगरपालिका पनि एकीकृत समाजवादीले जितेको छ । हेटौँडाको मेयरमा एकीकृत समाजवादीकी मीना लामा निर्वाचित भएकी छिन् । लामाले एमालेका अनन्तप्रसाद पौडेललाई हराएर हेटौँडाको नेतृत्व लिएकी हुन् । हेटौँडामा एमालेले तीन दशकदेखि निरन्तर जित्दै आएको थियो । यस पटक लामाको जितले एमालेको तीन दशक देखिको विरासत पनि भत्काएको छ ।

    मधेश प्रदेशको राजधानी भएको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद स्वतन्त्रका मनोजकुमार साह सुडीले जितेका छन् । सुडीले एमालेका शिवशंकर साहलाई हराउँदै मेयर पद जितेका हुन् । उनले सत्ता गठबन्धनले जसपालाई मेयर पद दिएको भन्दै पार्टी परित्याग गरेर बागी उम्मेदवारी दिएका थिए । तर उनले जितेपछि विजय जुलुसमा भने कांग्रेसका कार्यकर्ताको उल्लासपूर्वक सहभागिता थियो । लुम्बिनीको राजधानी दाङको देउखुरीमा ३ वटा पालिका छन् । दाङको राप्ती र गडवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका गाँसिएको राप्ती किनारको समथर क्षेत्र देउखुरी उपत्यका राजधानी हो । दाङको राप्ती र गढवा गाउँपालिका माओवादीले जितेको छ । राप्ती गाउँपालिकामा माओवादीका प्रकाश बिष्टले जितेका छन् । उनले एमालेका जगतप्रसाद पोख्रेललाई हराएर विजयी भएका हुन् ।

    यस्तै गढवा गाउँपालिकामा पनि माओवादीका यमनारायण शर्मा पोख्रेलले जितेका छन् । उनले कांग्रेसका सर्बजीत डिसीलाई हराएर विजयी भएका हुन् । अर्घाखाँचीको सितगंगा नगरपालिकाको मेयर पदमा कांग्रेसका छविलाल पौडेलले जितेका हुन् । हाल राजधानी भएको पालिका बुटवल उपमहानगरपालिका पनि कांग्रेसले जितेको छ । बुटवल उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसका खेलराज पाण्डेय विजयी भएका छन् । कर्णाली प्रदेशको राजधानी भएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भने एमाले विजयी भएको छ । मेयर पदमा एमालेकी मोहनमाया भण्डारी विजयी भएकी हुन् । उनले कांग्रेसका उपेन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑