बीरगन्ज,११ जेठ । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवताल गाउँपालिका वडा नम्बर ३ छोटकी अम्वा बस्ने ४० वर्षीय राम प्रबेश महतो रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि एनएमसी अस्पताल बीरगन्ज पठाइएको थियो ।
आफ्नो घरमा जडान गरेको पानी फाल्ने मोटर बनाउने क्रममा सर्ट भई करेन्ट लागि गम्भीर घाइते भएका महतोको एनएमसी अस्पताल बीरगन्जमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।