काठमाडौं । सरकारले बेमौसमी वर्षा, बाढी पहिरो, खडेरी, आगलागी लगायत प्राकृतिक विपत्तिको तत्काल सम्बोधन गर्न सक्ने गरी विपद्को पूर्वसूचना, पुनःनिर्माणको व्यवस्थापन सुदृढ बनाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विपद् प्रभावितको उद्धार, आपत्कालीन बसोबास र उपचारका लागि तीनै तहमा स्वयंसेवकको परिचालन गरिने बताइन् । विपद् व्यवस्थापनसम्बन्धी तालिम एकीकृत रूपमा गराइने उनको भनाइ छ ।