वीरगञ्ज । हत्याको अभियागमा फरार रहेका ३ जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ ठूलो बाघमोर्चाका २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न ३ अभियुक्तलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।
ठोरी ५ बाघमोर्चा मन्दिरको छेउमा जेठ ६ गते अज्ञात व्यक्तिहरुले पाख्रिनलाई ढुंगाले टाउको र अनुहारमा प्रहार गर्दा मृत्यु भएको घटनाको अनुसन्धान गर्ने क्रममा १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर छानबिन थालिएको थियो । सोही घटनामा संलग्न भई फरार रहेका ठोरी ५ बाघमोर्चाकै २२ वर्षीय सरोज स्याङ्वो, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामबन निवासी २० वर्षीय किशन लोप्चन र एकजना १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।