वीरगञ्ज । मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन भएको छ । उक्त मन्त्रालयको नाम परिवर्तन गरि ‘गृह तथा सञ्चार मन्त्रालय’ राखिएको सचिव रामकुमार महतोले जानकारी दिए ।
उनका अनुसार मधेश सरकारको जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । मन्त्रालयको नाम कानुन बमोजिम परिवर्तन गरि राजपत्रमा प्रकाशित गरिएको छ ।
प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय थियो । पछि मन्त्रालय फुटाउँदा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय राखिएको थियो । फेरि परिवर्तन गरि गृह तथा सञ्चार मन्त्रालय राखिएको हो ।