काठमाडौं । स्थानीय तह निर्वाचनको आचारसंहिता हटेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजबाट आचारसंहिता लागु नहुने जानकारी दिए ।
निर्वाचन आचारसंहिता चैत २५ गतेबाट लागु गरिएको थियो ।
“निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७८/१२/२५ गतेदेखि मुलुकभर लागु उक्त आचारसंहिता मिति २०७९/०२/१० गतेदेखि लागु नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।