काठमाडौं । सरकारले खानेपानी समस्या समाधान गर्न एक घर एक धारा पुर्याउने योजना अगाडि बढाएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी आयोजनामा जनश्रमदानसम्बन्धी व्यवस्थाको पुनरवलोकन, दिगो सञ्चालन र मर्मतको व्यवस्थापन गरिने बताइन् ।
उनले सुक्खा, सहरी तथा अर्धसहरी क्षेत्रमा बासोबास गर्ने चार लाख ६६ हजार जनसंख्यालाई मध्यम तथा उच्चस्तरको खानेपानी सेवा उपलव्ध गराइने उल्लेख गरिन् ।